सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक शाखा लुटपाट

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

‘६/७ जना व्यक्ति नकाब लगाएर बैंकमा प्रबेश गरि लुटपाट गरेको भन्ने छ, उनले भने, ‘अनुसन्धानको टोली पुगेको छ । हामी पनि पुग्दैछौं ।’

स्थानीयका अनुसार भने नकाबधारीहरु छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रणमा लिएर पैसा लुटेर भागेका छन् ।

घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाकै बस्तीपुरमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १६:११

प्रतिक्रिया दिनुहोस्