सिन्धुली – आउँदो चैत्र २८ देखि बैशाख ३ गतेसम्म सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आयोजना गरिने भएको छ । आयोजक संस्थाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय कला महोत्सव आयोजना हुने जानकारी दिएको हो ।
राष्ट्रिय कला महोत्सव सिन्धुलीस्थित कलाघरको आयोजनामा हुने जनाइएको छ । “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔ” भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिए ।
कला घर निमार्ण गर्ने, मौलिक कला संस्कृतिको प्रवर्द्धन गर्ने र कलाघरमा रहेको कलाको प्रचार गर्ने उदेश्यले उक्त कला महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

पाँच दिनसम्म संचालन हुने महोत्सबमा १० भन्दाबढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानपानको व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनात्मक खेलहरु महोत्सव अबधीभर संचालन गरिने जनाइएको छ ।
साथै हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रर्द्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल, कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रर्द्धशन तथा विक्रि वितरण गरिने कला घरले जनाएको छ ।
आयोजकका अनुसार महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघसंस्था, संचारकर्मी तथा सरकार, क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई समेत महोत्सवमा सम्मान गरिने छ ।









