शिक्षक सरुवा प्रकरण: ढकाल बोर्डिङ संचालक, फुयाल वकिल

सिन्धुली – कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षक केही दिन अघिदेखी शिक्षक सरुवाको बिरोधमा अनशनमा छन ।

उक्त गौमती माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै गएको बुधबारदेखि विरोध स्वरूप विद्यालयमै अनशन सुरु गरेका हुन् ।

२०८२ साउन १६ गते नगरपालिकाको शिक्षा समितिको बैठकले विभिन्न तहका १५ शिक्षकहरूको सरुवा गरेको थियो । सोहि निर्णय अनुसार ढकालको घरपायक स्कुल जनज्योति मावि फोर्सेटार र फुयाँलको घर पायक स्कुल कमला माध्यामिक विद्यालय ढुंग्रेवासमा सरुवा भएको छ । सरुवा गरिएका १३ शिक्षकले भने तोकिएको विद्यालयमा हाजिर समेत गरिसकेका छन् ।

अनसनमा बसेका दुई शिक्षकको स्थानमा स्थान्तरण भएका दुई शिक्षकले समेत गौमती माबीमा हाजिर भइ दैनिक पठनपाठन शुरु गरिसकेका छन । तर ढकाल र फुयाँलले भने नगरपालिका अन्तर्गत शिक्षा शाखाको निर्णय समेत अस्वीकार गर्दै अनशनमा बसेर सरुवाको बिरोध जनाइरहेका छन् ।

ढकाल २०४७ सालदेखि सोही विद्यालयमा कार्यरत छन् भने फुयाँल पछिल्लो ११ वर्षदेखि शिक्षण पेशामा उक्त बिद्यालयमा कार्यरत रहँदै आएका छन् । आफूहरूले लामो समयसम्म एउटै विद्यालयमा सेवा दिँदा पनि सम्मानजनक व्यवहार नभएको र जानकारी बिना सरुवा गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

नगरपालिकाले सरुवा गरेका १५ शिक्षकमध्ये १३ शिक्षक निर्णय स्वीकार गर्दै आफ्नो कार्यक्षेत्र पुगिसकेका छन । तर, दुई शिक्षक एउटै बिधालय र आफुले ०४७ सालदेखी कार्यरत रहेको बिद्यालयमा नै काम गर्न पाउनुपर्ने भन्दै अनशनमा छन । जो दुई शिक्षक अनशनमा छन उहाँहरुको शिक्षण पेशा संगै आफ्न्क पृष्ठभुमि भने पृथक छ ।

२०४७ सालदेखि शिक्षण पेशामा गौमती माबीमा कार्यरत शिक्षक जो अहिले सरुवाको बिरोधमा अनशनमा छन उनी साङ्बाले एकेडेमि बोर्डिङ स्कुलका संचालक हुन भने अर्का अनशनमा रहेका शिक्षक फुयाँल जो पछिल्लो ११ वर्षदेखि शिक्षण पेशामा उक्त बिद्यालयमा कार्यरत छन उनी १० बजे पछि स्कुल समय भन्दा बढी जिल्ला अदालतमा कालो कोट पहिरनमा देखिन्छन । यसको मतलब उनी शिक्षण पेशामा भन्दा कानुन ब्यबसायमा सकृय देखिन्छन ।

तर नगरपालिकाको शिक्षा शाखाले भने सरुवा प्रक्रिया वैधानिक र आवश्यकताको आधारमा गरिएको स्पष्ट पारेको छ । संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, शिक्षा ऐन २०७४ तथा नियमावली २०७५ अनुसार नगरपालिकाले रिक्त दरबन्दी तथा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ ।

सोहीअनुसार शिक्षा शाखाको सिफारिस र नगर प्रमुखको स्वीकृतिमा सरुवा निर्णय गरिएको अधिकारिको भनाइ छ ।संगै उक्त निर्णयको पृष्ठभूमिमा दुबै शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू समेत रहेका छन् । ढकालमाथि विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर नियमविपरीत मासिक ३ हजार ५ सय रूपैयाँ सहायक प्रधानाध्यापक भत्ता लिएको आरोप छ ।

जबकि कानुन अनुसार  प्रधानध्यापकले समेत अधिकतम ५ सय रूपैयाँ मात्र भत्ता खान पाउँनेछन । त्यस्तै, फुयाँलमाथि नियमित पठनपाठनको समयमा अर्को विद्यालय या अन्यत्र गएर काम गर्ने र अदालतमा वकालत गर्ने गरेको उजुरी अख्तियारमा छ । शिक्षा शाखाका एक अधिकारीका अनुसार, यी उजुरीकै कारण उनीहरूको सरुवा गरिएको हो ।

तर, अख्तियारले कमलामाई नगरपालिकालाई फुयाँल र ढकालको बारेमा पाँच पटकभन्दा बढी पत्र पठाएर स्पष्टिकरण मागेको छ, ती अधिकारीले भने, “त्यसकै आधारमा नगरपालिकाले उनीहरूलाई विवादरहित विद्यालयमा सरुवा गरेको हो ।”

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार १६:०६

प्रतिक्रिया दिनुहोस्