समृद्धि र बिकास हाम्रै नेतृत्वमा सम्भब छ

सिन्धुली नेपालको पछिल्लो परिवर्तित राजनीतिक अवस्थासँगै राजनीतिक स्थिरता र दिगो अर्थतन्त्रलाई लिएर सर्वस्त्र चिन्ता छ । दिगो बिकास हासिलका लागी संघर्षरत युवा शक्तीलाइ समेत निराशा तुल्याएको पछिल्ला घटनाक्रमले देखाउछ ।

नेपालमा जुन आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो, त्यसलाई सकारात्मक रूपमा लिएका नेपाली नागरिकहरू आन्दोलनका क्रममा सरकारी भौतिक संरचना, निजी भवन, उद्योग, कलकारखाना तथा व्यापारिक–व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडबाट पुगेको क्षतिलाई लिएर गम्भीर देखिएको कमलामाइ नगरपालिका -४ निवासि युवा अभियन्ता बिज्ञान ढकाल बताउछन ।

ढकालको जन्म २०४४ भदौ २ गते भएको हो । शिक्षित र मेहनती परिवारमा जन्मेका उनको जिबनशैली अत्यन्त साधारण छ । बाताबण बिषयमा मास्टर्स डिग्री गरेका ढकाल अहिले शिद्देस्वर खानेपानी संस्थाको आर्थिक संयोजकको रुपमा काम गरिरहेका छन । कुनै पनि राजनैतिक दलको समर्थनमा नभइ स्वतन्त्र हिसाबले शिद्देस्वर खानेपानीको निर्वाचनमा भाग लिएका ढकालले अत्यन्त लोकप्रिय ९७५ मतका साथ बिजयी बने ।

२०६५ देखि ०६७ सम्म नेकपा माओबादी केन्द्रको भातृ संस्था वाइसिएलको जिल्ला कोषाध्यक्ष भएर पार्टिको लागि काम गरेका ढकाललाई नेकपा एमालेको भातृ संस्था नेपाल युवा संघले ०८२ असार २ गते केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । तर, राजनैतिक दलमा खासै मतलभ नराख्ने स्वभाबका ढकालले केन्द्रिय सदस्य पदबाट राजिनामा दिदै अहिले सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेका छन ।

राजनीतिक उद्देश्य प्राप्तिको निम्ति होस् वा देशमा भ्रष्टाचार निरुपण जस्ता सकारात्मक उद्देश्य राखिएका परिवर्तनमुखी आन्दोलन वा विरोधका कार्यक्रमहरूमा देशको अर्थतन्त्रसँग जोडिने संरचनाहरु निशाना बनाइनुले समग्रमा त्यसले अप्ठ्यारोमा पार्ने भएकाले त्यसतर्फ सबै गम्भीर बन्नुपर्ने ढकाल बताउँछन् । 

तर, पनि आन्दोलनका क्रममा भएको अनावश्यक क्षतिबाट पाठ सिक्दै अघि बढ्नुको विकल्प नभएकाले फेरि समृद्धि र भौतिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता खड्किएको उनको भनाइ छ ।

मूलतः दशकौंदेखि राजनीतिक अस्थिरता रह्यो नेपालमा । कमजोर नीति कार्यान्वयनले चौतर्फी समस्या छन् मुलुकमा । अवसरको कमी अर्को चुनौती हो देशको । त्यसमाथि भ्रष्टाचारले जरो गाडेको छ जहीँतहीँ । नयाँ पुस्ताले कहीँ कतै आशाको प्वालसम्म देखेको छैन, नेपाल चिहाउने । आफ्नो र देशको भविष्य अन्धकार देखेको यो युवा पुस्ता अब आमनिराशा चिर्न चाहन्छ ।

युवा अभियन्ता ढकाल भन्छन जसको बलियो प्रमाण बन्यो, २३ भदौ २०८२ (८ सेप्टेम्बर २०२५) । एउटा चम्किलो पक्ष– सत्ता परिवर्तन गर्ने विश्वकै छोटो यो २७ घण्टे जेन–जी आन्दोलनले विश्व इतिहास रच्यो । दोस्रो अँध्यारो पक्ष– नेपालमा कुनै पनि आन्दोलनमा यसरी यति ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको थिएन ।

अब नयाँ पाइला चाल्न हामी अघि बड्नुपर्ने बताउदै उनी भन्छन यो पुस्ताले पुराना पाइला पनि बेलाबखत चिहाइरहनु पर्छ । हामी के बन्दैछौं को आधार भनेको हामी हिजो के थियौं नै हो । आउनुस, हातमा हात मिलाएर अघि बढौ साथमा साथ दिएर अघि बढौ समृद्धि र बिकास हाम्रै नेतृत्वमा सम्भब छ ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०८:१४

प्रतिक्रिया दिनुहोस्