सिन्धुली, फागुन १८ — नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीले पार्टीका महाधिवेशन प्रतिनिधि खड्ग बहादुर वाइबालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
जिल्ला कार्यसमितिका सभापती उपेन्द्र कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रअनुसार वाइबाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सिन्धुली क्षेत्र नं. २ का लागि पार्टीका आधिकारिक उम्मेदवार सुशीला थिङ्ग विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको उल्लेख गरिएको छ ।
पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता गरी पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार उनलाई कारवाही गरिएको जनाइएको छ ।
पत्रमा पार्टीका सम्पूर्ण कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरूलाई वाइबालाई निर्वाचनमा कुनै पनि प्रकारको सहयोग नगर्न र पार्टीको आधिकारिक उम्मेदवार सुशिला थिङ्गलाई नेपाली कांग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न अनुरोध गरिएको छ ।










