कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। […]
एनसेल फाउन्डेसनद्वारा बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
बैशाख ३० सिन्धुली – जिल्लाको फिक्कल गाउँपालिका ३ स्थित प्रकाशोदय माध्यमिक विधालय खुरहरि खोलागाउँमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । एनसेल फाउन्डेसन नेपालको सहयोग तथा फिक्कल गाउँपालिका संगको समन्वयमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्यनरत ३०० जना बिद्यार्थीलाई स्कुल ब्याग […]
दुधौली खोरभन्ज्याङमा कारको ठक्करबाट बालकको मृत्यु
सिन्धुली – दुधौली ८ खोर भञ्ज्याङ स्थित मदन भण्डारि राजमार्गमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११:१५ को समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ आउदै गरेको BAB ०१८८ न. को कारले दुधौली ७ चिहानडाडा बस्ने गंगाराम सदाको छोरा अन्दाजी ९/१० बर्षको मन्देश सदालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट बालकको बाँया […]
दुधौलीमा ईलाका प्रशासन कार्यालय राख्न गृहको अनुमती
सिन्धुली — जिल्लाको भित्री पहाडी भु-भाग भएको दुधौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाएसँगै दुधौली नगरपालिका ४ डकाहामा कार्यालय स्थापना हुने भएको हो । सिन्धुलीका दुर्गम पहाडिय भु-भागबाट दुधौलीका सम्पुर्ण वडा, तिनपाटन गाउँपालिका, कमलामाइ नगरपालिकाका केही वडाका सर्वसाधारण […]
बिद्यालयको शैक्षिक क्यालेन्डरमा “एमालेको झण्डा”
सिन्धुली – कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रुचि क्षमताअनुसार तोकिएको समयमा सम्पन्न गर्न सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवं परिस्कृत पेसागत प्रतिष्ठा बढाउनलगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हाँसिल गर्नको लागि शिक्षण संस्थामा शैक्षिक क्यालेन्डरलाई कोसेढुङ्गा मानिन्छ । […]








