बिपि राजमार्गमा कार दुर्घटना: एकै परिवारका एकको मृत्यु, दुई घाइते

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका -६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । 

बिराटनगरबाट काठमाण्डौतर्फ जादै गरेको बा ७ च ७५५४ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४२ फिट तल खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका १७ बस्ने बर्ष ६५ का ओम बहादुर अर्जेलले चलाएको कार आफै अनियन्त्रित भई सडकबाट खसी दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर भाइते बनेका चालक सहित तिनै जनालाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोलिले तत्काल उद्दार गरी उपचारको लागी खाल्टे स्थित आत्मिय सामुदायिक अस्पताल पुर्‍यएको थियो ।

उपचारको क्रममा अस्पातलले चालक ओम बहादुर अर्जेललाई मृत घोषणा गरेको छ भने अन्य दुई घाइते सोही ठेगाना भएकि बर्ष ४९ की सुनिता अर्जेल (चालककी श्रीमति) को दाहिने हात लगाएत अन्य भागमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत चालकका छोरा बर्ष ३१ का निशान्त अर्जेलको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको र घाइते दुबैजनालाई थप ऊपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलवार ०८:१४

प्रतिक्रिया दिनुहोस्