नेतृत्व परिवर्तनको पक्षमा सम्पर्क समितिका सभापतिद्वारा हस्ताक्षर

काठमाडौ – नेपाली काङ्ग्रेस जिल्ला सम्पर्क समन्वय समुहका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएका छन । नियमित महाधिबेशन गर्न नसके विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको पक्षमा यो समुह उभिएको हो ।

महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेटलाईन भित्र महाधिवेशन गर्न सकिने पनि समुहले प्रष्ट पारेको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नेतृत्व परिवर्तन गरि नयाँ जोस जागरका साथ निर्वाचनमा होमिन समेत सामुहिक हस्ताक्षर मार्फत समुहले आग्रह गरेको छ ।

महाधिवेशन माग गर्ने काठमाडौंमा उपलब्ध ८०% उपत्यका सम्पर्क समितिका सभापतिहरुमा खिला नाथ लुइँटेल ओखलढुंगा, सुभाष कोइराला रौतहट, ओम शर्मा चापागाईं पर्बत, खिमानन्द बस्याल पाल्पा, दिपक उप्रेती झापा, भक्ती भट्टराई ताप्लेजुङ, निर्मल रिजाल पाँचथर, ऋषिश्वर थपलिया चितवन, बाबुराम आचार्य सुनसरी रहेका छन ।

त्यस्तै युबराज गुरुङ सिन्धुली, दिपक चन्द्र बराल कास्की, राम वाग्ले उदयपुर, नवीन जोशी झापा, सन्दीप बराल कास्की, बिमला बस्याल पाल्पा, लक्ष्मी नारायण तिमिल्सिना पाँचथर, प्रदीप बस्नेत रामेछाप, अरुण पराजुली पर्बत, काशीनाथ आचार्य खोटाङ, बजिय अर्सद कपिलवस्तु, रोनी पुन रोल्पा, राजन केसी सल्यान, महेन्द्र कार्की जुम्ला, राजेश रत्न दनुवार, सिन्धुपाल्चोक र मीन बहादुर थापा धनकुटा रहेका छन ।

यो समुह काठमाडौ उपत्यका सम्पर्क समितिका सभापतिहरुको सामुहिक समुह हो । बाहिरी जिल्लाको काठमाडौमा सम्पर्क स्थापित गर्न सक्रिय काङ्ग्रेसको समिति अन्तर्गतको समुहले सयुक्त रुपमा हस्ताक्षर गरि उक्त निर्णय गरेको सिन्धुली काठमाडौ सम्पर्क समितीका सभापती युबराज गुरुङले अंकपत्रलाई जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार १६:२५

प्रतिक्रिया दिनुहोस्