प्रथम स्व. कुमार बस्नेत स्मृति गोल्डकप-२०८२ आयोजना हुँदै

सिन्धुली – नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्व. कुमार बस्नेतको स्मृतिमा यहि कार्तिक २५ गते मंगलबारदेखि सिन्धुलीको दुधौली रंगशालामा ‘स्व. कुमार बस्नेत स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । स्व. कुमार बस्नेतको स्मृतिमा पहिलोपटक गोल्डकप आयोजना हुन लागेको हो ।

नेपाल तरुण दल दुधौली नगर कार्यसमितीको आयोजनामा संचालन हुन लागिरहेको स्व. कुमार बस्नेत स्मृति गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख रुपैयाँ नगद र दोस्रो हुने टिमलाई पचास हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन थापा मगरले जानकारी दिए ।

“नेपाल तरुणदलको अभियान, स्वर्गिय कुमार बस्नेतको सम्मान” भन्ने मुल मर्म सहित राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारासहित खेल आयोजना हुनेछ ।

आयोजकका अनुसार कार्तिक २५ गते मंगलबार बिहान खेलको उद्घाटन हुनेछ भने प्रतियोगिता मंसिर ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । हाल प्रतियोगिताको सहभागी टिम दर्ता कार्य भइरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, बिहीबार ०७:४२

प्रतिक्रिया दिनुहोस्