सिन्धुली – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) बागमती प्रदेशको दोस्रो अधिवेशन बुधबार काठमाडौंको दुसित प्रिन्सेसमा सम्पन्न भएको छ ।खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रदेशभरका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिको सहभागितामा अधिबेशन सम्पन्न भएको हो । अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिले बागमती प्रदेशमा शैक्षिक क्षेत्रको […]
नेबि संघबाट सिन्धुली बहुमुखी क्याम्पसमा थापा नेतृत्वको प्यानल दर्ता
सिन्धुली – आउँदै गरेको चैत्र ९ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जिल्लामै सबैभन्दा बढी बिद्यार्थी मतदाता रहेको सिन्धुली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुधबार दिउँसो उम्मेद्वार मनोनयन दर्ता गरेको छ । नेपाल बिद्यार्थी संघको तर्फबाट समीर बिक्रम थापा नेतृत्वको प्यानलले उमेदवार मनोनयन दर्ता गरेको हो । नेबि संघबाट अध्यक्षमा समीर बिक्रम थापा, […]
होटल पर्यटन व्यवसायी संघ बागमती प्रदेश सदस्यमा श्रेष्ठ सर्बसम्मत
सिन्धुली – होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिबेशनले दामोदर नेपालको अध्यक्षतामा पुनः नयाँ नेतृत्व सर्बसम्मत चयन गरेको हो । बागमती प्रदेशको आयोजना र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सह-आयोजनामा चैत्र ४ र ५ गते अधिवेशन सम्पन्न भएको […]
कांग्रेसले प्रमुख सचेतक घिमिरेलाई संसदमै माफी माग्न लगाउने
सिन्धुली – नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिलाई लिएर पार्टीभित्र प्रश्न उठेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सचेतक घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए । घिमिरेको उक्त भनाइप्रति सोमबार प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए । उक्त विषयमा मंगलबार बसेको कांग्रेस […]
स्वबियु ५ चैत्र : सिन्धुलीका तिन क्याम्पसमा मात्रै निर्वाचन
सिन्धुली – नेपाल बिद्यार्थी संघको असहमती पछि भोली अर्थात चैत्र ५ गतेको लागी तय भएको स्ववियुको निर्वाचन सिन्धुलीका चार क्याम्पसमा स्थगन गरिएको छ । केहि दिनदेखी नेपाल बिद्यार्थी संघले जिल्लाका सबै क्याम्पसमा एकैपटक निर्वाचन गराउन सम्बन्धित निर्वाचन समिती तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएको थियो । नेबि संघको असहमति र दबाब स्वरुप भोली चैत्र ५ […]








