बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो […]
सिन्धुलीबाट काठमाडौ जादैगरेको बुलेरो दुर्घटना: एक बच्चा सहित ५ जनाको मृत्यु
सिन्धुली – सिन्धुलीबाट काठमाडौतर्फ जादै गरेको बुलेरो बुधबार दिउँसो दुर्घटना हुदा एक बच्चा सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बोलेरो र मिनीबस ठोक्किदा पाँचजनाको मृत्यु भएको हो । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बुलेरो ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो । […]
कमलामाइको मेयरमा पोखरेल र उपमेयरमा श्रेष्ठको उम्मेदवारी
सिन्धुली – सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल र उपमेयरमा नेकपा (माओवादी केन्द्र) बाट दीर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । बाजागाजा सहित एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएका पोखरेल नेपाली कांग्रेस सिन्धुलीका सभापती समेत हुन् । मेयरमा उम्मेदवारी दिएका […]
काङ्ग्रेसबाट कमलामाइ नगरको मेयरका उम्मेदवार पोखरेल
सिन्धुली – नेपाली काग्रेसले सिन्धुलीकाे कमलामाइ नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापतिसमेत रहेका उपेन्द्रकुमार पोखरेललाई उम्मेदवार बनाउने भएकाे छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाको प्रमुख पदमा चुनाबी साझेदार दलको तर्फबाट नेपाली काग्रेस सिन्धुलीका सभापती समेत रहेका पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको हो । चुनाबी तालमेल गर्दा कमलामाई नगरपालिका काङ्ग्रेसको भागमा […]
राजमार्ग बन्दकर्ताको बोतल र ढुंगा प्रहारबाट ११ प्रहरी घाइते
सिन्धुली — अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङ तनावग्रस्त बनेको छ । बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बोलेरोको […]








