सिन्धुलीबाट काठमाडौ जादैगरेको बुलेरो दुर्घटना: एक बच्चा सहित ५ जनाको मृत्यु

सिन्धुली – सिन्धुलीबाट काठमाडौतर्फ जादै गरेको बुलेरो बुधबार दिउँसो दुर्घटना हुदा एक बच्चा सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बोलेरो र मिनीबस ठोक्किदा पाँचजनाको मृत्यु भएको हो । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बुलेरो ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।

भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको बिपि यातायातको बुलेरो एक आपसमा ठक्कर खाँदा एक अन्दाजी ६ बर्षिया बालक सहित ५ जना को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परि सिन्धुली कमलामाइ नगरपालिका -७ रामपुरका ३० बर्षिय बिक्रम श्रेष्ठ, सुनकोशी गाउँपालिका १ का ४४ बर्षिया प्रमिला नेपाली, कमलामाइ नगरपालिका ४ का सवारी चालक बर्ष ४४ का हरिबहादुर बलको घटना स्थलमै मृत्यु भएको छ ।

त्यस्तै रामेछाप खाडादेबी गाउँपालिका ८ का ३० बर्षिय सम्झना भुसाल र उनको ६ बर्षिय छोरा संगीत भुसालको पनि घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बुलेरोमा सवार ११ जना रहेको र अन्य एक बच्चा सहित ६ जनाको अबस्था गम्भीर रहेको प्रहरी कार्यालयले जनाएको छ । घाइतेको नजिकको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०९:३०

प्रतिक्रिया दिनुहोस्