कमलामाइको मेयरमा पोखरेल र उपमेयरमा श्रेष्ठको उम्मेदवारी

सिन्धुली – सिन्धुलीको सदरमुकाम स्थित कमलामाइ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेल र उपमेयरमा नेकपा (माओवादी केन्द्र) बाट दीर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

बाजागाजा सहित एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएका पोखरेल नेपाली कांग्रेस सिन्धुलीका सभापती समेत हुन् ।

मेयरमा उम्मेदवारी दिएका पोखरेल २०७४ सालको निर्वाचनमा समेत कांग्रेसबाट कमलामाइ नगरपालिकाको मेयर पदका उम्मेदवार थिए ।

मेयरको मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले कमलामाइ नगरपालिका लाई सुन्दर र समृद्ध नगरका रूपमा विकास गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १७:०२

प्रतिक्रिया दिनुहोस्