काङ्ग्रेसबाट कमलामाइ नगरको मेयरका उम्मेदवार पोखरेल

सिन्धुली – नेपाली का‌ग्रेसले सिन्धुलीकाे कमलामाइ नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापतिसमेत रहेका उपेन्द्रकुमार पोखरेललाई उम्मेदवार बनाउने भएकाे छ । 

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाको प्रमुख पदमा चुनाबी साझेदार दलको तर्फबाट नेपाली का‌ग्रेस सिन्धुलीका सभापती समेत रहेका पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको हो ।

चुनाबी तालमेल गर्दा कमलामाई नगरपालिका काङ्ग्रेसको भागमा परेको थियो । काङ्ग्रेस प्रमुख भएको कमलामाई नगरपालिकामा उपप्रमुख पदका लागी माओबादी केन्द्रका दिर्घराज श्रेष्ठ सिफारिस भइसकेका छन ।

जिल्लाका ९ वटा पालिका मध्ये कमलामाइ नगरपालिका सहित ५ वटा गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार रहने र दुधौली नगरपालिका सहित ४ वटा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार रहने सहमती छ ।

जिल्लाका केही वडामा अध्यक्ष सहित सदस्यहरुको उम्मेदवार सोमबार बिहान सम्ममा निर्णय गरिसक्ने र दिउँसो चुनाबी साझेदार दलहरुले सयुक्त रुपमा उम्मेदवारी मनोनयन गर्ने तयारी रहेको काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १२:२५

प्रतिक्रिया दिनुहोस्