सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को […]
गत बर्ष सिन्धुलीमा ३७ साना सिँचाइ योजना निर्माण सम्पन्न
सिन्धुली – सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य […]
करोडौंको जग्गा ३५ लाखमै बैंकद्वारा बिक्री: दर्लामी परिवार घरबारबिहिन
सिन्धुली – बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामीका जेठा छोरा हुन मिनबहादुर दर्लामी । मीनबहादुर दर्लामी संचालक रहेको अहिले सिन्धुली कमलामाई -७ मा गढीदरबार थकाली भान्छा घर छ । आफू संग साथमा नगद पैसा नभएपनी होटल खोल्ने उदेश्यले उनलाई झकझक्याइरह्यो । आफ्नो नाममा जग्गा नभएपनी आफ्नो आमाको नाममा रहेको जग्गा बैंकमा धितो राखेर भएपनी ऋण […]
बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’
सिन्धुली – सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच […]
ब्यबहारिक बिषयगत शिक्षा अध्यनको लागी शिद्धबाबा कलेज स्थापना
सिन्धुली – बाणिज्य, होटल म्यानेजमेन्ट, कानुन लगायत बिषय अध्यन गर्न अब लाखौं शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सिन्धुलीको कमलामाइ नगरपालिका – ४ स्थित धुराफाट सिन्धुलीमाढीमा सुबिधासम्पन्न डिजिटल प्रबिधियुक्त शिद्धबाबा म्यानेजमेन्ट प्लस टु कलेज स्थापना भएसंगै बिद्यार्थीलाई अध्यनका लागी घर बाहिर अन्यत्र जानुपर्ने झन्झट टरेको हो । बिगत लामो समयदेखी जिल्लामा शैक्षिक […]







