सिन्धुली : प्रदेशसभा सदस्य पदमा दाहालको चर्चा

सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सदस्य पदका लागि सम्भाबित उम्मेदवारको चर्चा शुरु भइरहदा कृष्णप्रसाद दाहालको नाम बलियो र सम्भाबित उम्मेदवारको रुपमा काङ्ग्रेस वृत्तमा लिने गरिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि काँग्रेसका कार्यकर्ताहरुबाट सम्भाबित उम्मेद्वारको चर्चा गरिरहदा दाहालको नाम तल्लो तहका कार्यकर्ताले सार्वजनिक गरिरहेका छन ।

प्रदेश सभा सदस्य पदका लागि दाहाल उपयुक्त र बलियो पात्र रहेको एक काङ्ग्रेस कृयासिल सदस्यले बताए । ‘उहाँको इच्छा छ छैन, टिकटको पहुँच छ छैन मलाई थाहा छैन । तर, पार्टीमा गरेको योगदान र लगनशीलताका आधारमा दाहालनै निर्विकल्प उम्मेद्वार हुन्,’ उनले भने । काँग्रेसको संगठन बिस्तारका लागि पनि उनको उम्मेद्वारी अपरिहार्य रहेको उनको भनाइ छ ।

‘दाहालको क्षमता नेपाली कांग्रेस पार्टी संगठन निर्माणमा बल पुर्याउने सम्मको भएको पार्टीले बुझेको अर्का एक समर्थकले बताए । उनले जिम्मेवारी पाएको खण्डमा अप्रत्यासित परिवर्तन र पार्टीमा रचनात्मक सहयोगको रुपमा दाहाल सधै अग्रभागमा रहने उनको भनाइ छ ।

यता दाहालले पार्टी र कार्यकर्ताले आफ्नो आवश्यक्ता महसुस गरेर दिएको जिम्मेवारीलाई सहजै पुरा गर्न आफु सक्षम रहेको बताए । पार्टी र संगठनका लागि मेरोे भुमिका आवश्यक ठानिए उम्मेदवारीमा पछि नहट्ने उनको भनाइ छ ।

दाहाल हाल नेपाली काङ्ग्रेस सिन्धुली निर्बाचन क्षेत्र नम्बर दुइका महाधिवेशन प्रतिनिधि हुन । दाहालले २०४७ सालबाट सिन्धुली बहुमुखी क्याम्पसको नेपाल बिद्यार्थी संघ क्याम्पस इकाई सभापती भएर आफ्नो जिबनको राजनैतिक यात्रा शुरुवात गरेका हुन ।

२०४८ सालमा पार्टीको क्रियाशिल सदस्य लिएका दाहाल नेपाल बिद्यार्थी संघको जिल्ला सदस्य हुँदै तरुण दलको सदस्यमा रहेर समेत संगठनमा काम गरे । २०६६ सालमा नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापतिमा निर्बाचित भएपछी दाहाल झनै पार्टिका कार्यकर्ता बिच लोकप्रिय बने ।

जसको कारण दाहाल २०७४ सालमा पार्टिको जिल्ला सचिब बने । राजनिती संगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका दाहाल अहिले प्रदेश सभा सदस्यको लागी योग्य र क्षमतावान उम्मेदवारको रुपमा काङ्ग्रेस वृत्तमा चर्चा छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०७:०७

प्रतिक्रिया दिनुहोस्