– राधिका बुढाथोकी पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर, दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । […]
जीवनशैली
वीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक सडकखण्ड सञ्चालनमा
सिन्धुली – वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार खुर्कोट-मुलकोट सडकखण्ड गएराती देखि नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक-मुलकोट सडक खण्ड पनि खुलाइएको उहाँले जानकारी दिनुभयो । […]
जनज्योती माबी फोस्रेटारमा एक हजार माथी बिद्यार्थीलाई दुधपान
सिन्धुली – जिल्ला स्थित जनज्योती माबी बिधालय फोस्रेटारका विद्यार्थीलाई नेपाल डेरी एसोसिएसन जिल्ला समिती सिन्धुलीले बुधबार दूधपान गराएको छ । एसोसिएसनले विश्व स्कुल दूध दिवस मनाउने क्रममा बिधालयका करिब एक हजार भन्दा माथीको संख्यामा बिद्यार्थीलाई दूधपान गराएको हो । एक हजार जना विद्यार्थीहरूलाई वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । […]
मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ । अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई […]
जमिन धाजा परेपछि सिङ्गो हायुबस्ती जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी सिङ्गो हायुबस्ती जोखिममा परेको छ । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन । निरन्तर आएको अविरल वर्षाका कारण उक्त समुदायका पन्ध्र हायु परिवारको जनजिबन प्रभाबित बनेको कमलामाइ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले जानकारी दिनुभयो । […]








