सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका सह-सचिव सुरज मिश्र (शेखर) र नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर एक प्रदेशसभा (ख) का कार्यसमिती सदस्य कुलदिप कोइरालाले सयुक्तरुपमा कमलामाइ नगरपालिका -६ रातमाटा रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी १३ थान ओढ्ने कम्मल सहगोग गर्नुभएको छ ।
स्व. श्रीमति सबिता थापाको आज जन्मदिनको अबसरमा र स्व. पिता बद्री कुमार मिश्रको सम्झनामा क्रियापुत्री भवनमा प्रयोग हुनेगरि ६ थान कम्बल सहयोग गरेको सुरज मिश्र (शेखर)ले बताउनुभयो । त्यस्तै गोलन्जोर – ६ निवासी कोईरालाले स्व. पिता बिश्वामित्र कोईरालाको सम्झनामा ७ थान कम्बल सहयोग गरेको बताउनुभयो ।
दिनानुदिन बढ्दै गएको चिसोलाई मध्येनजर गरि उक्त रामेश्वर धाम स्थित क्रियापुत्री भवनमा शोकमा बस्ने जोकोहीलाई पनि प्रयोग हुने उदेश्यले स्व. श्रीमति र बुबाको सम्झनामा ओढ्ने कम्बल सहयोग गरिएको मिश्रले बताउनुभयो ।