कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट सिन्धुली प्रहरी प्रमुख काफ्ले सम्मानित

सिन्धुली – नेपाल प्रहरी दिवस २०८१ को अबसरमा नेपाल प्रहरी कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट हुन सफल जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुखलाई बुधबार एक समारोहका बिच सम्मान-पत्र प्रदान गरिएको छ ।

प्रहरी कार्यदक्षता मुल्यांकन २०८१ को जिल्ला प्रहरी परिसर तथा प्रहरी कार्यालयहरू मध्येमा उत्कृष्ट हुन सफल प्रहरी कार्यालय सिन्धुलीलाई नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले एक समारोहका बिच सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेलाई सम्मान-पत्र प्रदान गर्नुभएको हो ।

प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको नागरिक सहायता कक्षको उत्कृष्ट व्यवस्थापन सहज, पारदर्शी एवं छिटो छरितो रुपमा नागरिकलाइ सेवा प्रवाह गर्नुभइ उत्कृष्ट कर्तब्य पालन गर्नुभएको भनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट प्राप्त सम्मान पत्र मुख्यमन्त्री लामाले प्रहरी प्रमुख काफ्लेलाई प्रदान गर्नुभएको हो ।

प्रहरी उपरीक्षक काफ्लेले २०८१ बैशाखदेखी सिन्धुलीमा रहेर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीको रुपमा काम गरिरहनु भएको छ । उहाँले आफू जिल्ला प्रहरी प्रमुखको रुपमा रहेदेखी दैनिकजसो समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई थप प्रभाबकारी रुपमा संचालन गरिएको बताउनुभयो ।

साथै कार्यालय ब्यबस्थापन, नागरिक सहायता कक्ष स्थापना, अपराधिक तथा गलत प्रवृत्तिका घटना न्यूनीकरणका लागी बिबिध गतिबिधी लगायतका कार्यहरु संचालन गरिरहेको बताउनुभयो । आफुले गरेको मेहनतको उच्च मुल्यांकन गरि प्रहरी दिवसको अबसरमा गरिएको सम्मानले आफुलाइ आगामी दिनका लागी काम गर्नका लागी थप हौसला मिलेको उहाको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार ०७:२६

प्रतिक्रिया दिनुहोस्