सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन । विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका […]
जीवनशैली
काम खोज्दै गएका खिलबहादुर, मिर्गौला गुमाएर फर्किए
२१ सिन्धुली – जेठ ३१ गते अपरान्ह ४ बजे । खिलबहादुर भुजेल पोखराको पृथ्वीचोकमा उभिरहेका थिए । ज्यामी काम गर्ने भनेर पोखरा पुगेका उनी पछिल्लो केही दिनदेखि बेकामे भइरहेका थिए । त्यति नै बेला उनको अघिल्तिर कालो रंगको गाडी आएर रोकियो । गाडीबाट एक अपरिचित अनुहारले उनलाई अप्रत्यासित कामको प्रस्ताव गर्यो । ति व्यक्तिले उनलाई […]
जननेता बिपी कोइराला : विचार, संघर्ष र प्रेरणाको प्रतीक
आज नेपाली जनताका प्रिय नेता, प्रजातान्त्रिक आन्दोलनका अगुवा, नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (बिपी) कोइराला को ४३औं स्मृति दिवस । यो दिन केवल श्रद्धाञ्जलीको औपचारिकता होइन, उहाँको योगदान, विचार र सपना सम्झेर वर्तमान र भविष्यका लागि मार्गदर्शन लिने अवसर पनि हो । बिपी कोइरालाको जीवन संघर्ष, सिद्धान्त र सेवाको […]
नगरप्रमुख पोखरेलको लक्ष: ‘उज्यालो कमलामाइ’
सिन्धुली – कमलामाइ नगरपालिकाको ‘उज्यालो कमलामाइ’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान भएका ‘हाइमास्क लाइट’ ले कमलामाइको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो कमलामाइ अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीयको भनाइ छ । ‘हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज नगरपालिकाका […]
साहस, संघर्ष र समाजसेवाको उज्यालो नाम: बबिता
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका डाँडाकाँडाले घेरेको एउटा सामान्य गाउँमा २०३८ सालको चैत महिनाको अन्तिम साँझ एक नानीले संसार देखिन् । हाम्रो हिन्दु परम्परा अनुसार गाँउका पण्डितले नाम नामाकरण गरिदिए बबिता थापा । पाँच दिदीभाइको कान्छी थिईन् बबिता । आमा–बुबाको काखको जून, सिंगो घरको हाँसो । तर नियतिको लेखाजोखा सायद उनी जन्मिनुअघि नै फरक थियो त्यो […]







