सामाजिक सेवा गरि जन्मदिन मनाइरहेका: समीर बिक्रम थापा

सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन ।

विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका छन । सामान्यतया जन्मदिनमा गरिदै आएको केक तथा पार्टिको फजुल खर्च नगरेर उनी हरेक बर्ष जन्मदिनमा सामाजिक कार्य गरिरहेका हुन्छन ।

आज उनले आफ्नो जन्मदिनको अबसरमा कमलामाइ नगरपालिका -५ मधुटार स्थित क्रियापुत्री भवनलाई १५ थान कुर्ची सहयोग गरेका छन । जुन भवनमा कोहि ब्यक्ती शोकमा बसिरहेका बेला आफन्त जन जमघट हुने बेला बस्ने पर्याप्त कुर्ची नहुदा भाडामा ल्याउनु पर्ने बाध्यता थियो ।

यो भन्दा अघिल्लो बर्ष आफ्नो जन्मदिनको दिन थापाले कमलामाइ नगरपालिका -५ स्थित कमला जनज्योती माबी सिलामेमा अध्यनरत बिपन्न बालबालिकालाई राशन र स्टेशनरी सहयोग गरेका थिए । आर्थिक अभाबका कारण बिद्यालयले नै स्रोत जुटाइ बिद्यालयमा अध्यन अध्यापन गराइरहेको बालबालिकालाई उनले राशन र स्टेशनरी जन्मदिनको दिन सहयोग गरेका थिए ।

त्यस्तै अघिल्लो बर्ष उनले आफ्नो जन्मदिन कनपा -५ आहालेमा बसोबास गर्ने सहाराबिहिन वृद्धबृद्धा परिवारलाई सिरक डस्ना सहयोग गरेर मनाएका थिए । सानै उमेरदेखि आफ्नो जन्मदिन सामाजिक कार्यगरी मनाउदै आएका समीर बिक्रम थापा आफ्नो जन्मदिनको दिन मात्रै नभएर बिपत्ति र अफ्ट्यारो परिस्थितीमा समेत आफ्नो पहल र ब्यक्तीगत सहयोग गर्दै आइरहेका छन ।

देशले ब्यहोरीरहेको महाबिपत्ति कोरोना महामारीको बेला उनको पहलमा जेहेन्दार बिद्यार्थीलाई स्टेशनरी देखि खाद्धान्न तथा न्यानो कपडा समेत सहयोग गरिएको थियो । आर्थिक अभाबका कारण बिद्यालयमा भर्ना हुन नसकेका केही बिद्यार्थीलाई समेत उनले बिद्यालयमा आफुले शुल्क तिरिदिएर सहयोग गरेको उनले बताए ।

आफुले आफू खुशी देखिरहदा त्यही खुशिमा अरु निम्न बर्गका नागरिक पनि खुशी देखिनुपर्छ भन्ने बिबेक आफुले राखेर सामाजिक कार्य गर्ने गरेको उनी बताउछन ।

खासगरी खोशिएका खुशी, निस्किन नसकेका आवाज, बोल्न नसकेका पिडालाई मल्हम लगाउने पुण्यको कार्य गरि हरेक बर्ष आफ्नो जन्मदिन मनाउदै आइरहेका उर्जाशिल ब्यक्तित्व समीर बिक्रम थापालाई अंकपत्रको तर्फबाट समेत जन्मदिनको हार्दिक शुभकामना ! !

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०८:०५

प्रतिक्रिया दिनुहोस्