नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गरेका छन् । बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताएका छन् । पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन […]
राजनीति
नेकपाको संकट टर्यो कि सर्यो ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकको दृष्य अरु बेला भन्दा फरक थियो। एक हिसाबले भन्दा यो अर्थपूर्ण दृष्य थियो। बैठक हलमा गरिएको नेताहरूको कुर्सी व्यवस्थापन र बैठक सञ्चालन, दुवै कुरा हेर्दा पुष्पकमल दाहाल अब नेकपाको कार्यकारी अध्यक्ष बनेको प्रष्ट सन्देश दिने प्रयास गरिएको देखिन्थ्यो। यो अर्थपूर्ण […]
फागुनमा कांग्रेस महाधिवेशनको सम्भावना टर्दै
काठमाडौँ — कोभिड–१९ संक्रमण विस्तारसँगै कांग्रेसको क्रियाशील सदस्यता वितरण रोकिएपछि फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन प्रभावित बन्ने देखिएको छ । अहिल्यै महाधिवेशन तालिका सार्ने या पछि भन्नेबारेमा पार्टीका शीर्ष नेताहरूबीच मत बाझिएको छ । महाधिवेशन सार्ने प्रस्ताव आफैंले गर्दा अपजसको भारी लिनुपर्ने भय सभापति शेरबहादुर देउवामा देखिएको छ । तोकिएको मितिमा महाधिवेशन नहुनेमा निश्चिन्त देखिए पनि देउवा संस्थापन इतरपक्ष […]
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]