सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलीले सोमवार सिन्धुलीमाढिमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शनसभा गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको अध्यक्षतामा पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य डिना उपाध्ययको प्रमुख आतिथ्यतामा बिरोध प्रदर्शनसभा गरेको होे ।
प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको बिरुद्ध भएको विरोध ¥यालि पार्टी कार्यालयबाट सुरु भई धुराबजार, बसपार्क, १ नं. बजार, २ नंं बजार हुँदै बसपार्क अगाडि चौतारामा कोणसभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्वोधन गर्दे पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डिना उपाध्ययले काङ्ग्रेस अब सक्कियो, काङ्ग्रेसलाई खोज्न मैन बत्ती बाल्नुपर्छ भन्ने कम्युनिष्ट पार्टीका सबै पक्षले अहिले आफुलाई बचाउन हार गुहार गरिरहेको बताउनुभयो ।
काङ्ग्रेसको साथ पाएरै सरकारमा पुगेको कम्युनिस्टलाइ सत्ताको मात चढेको बताउदै उपाध्यायले नेपाली काङ्ग्रेस नेपाली जनताको पार्टी भएकाले कम्युनिष्ट जस्तो लोकतन्त्र विरोधी पार्टीलाई अब साथ नदिने बताउनुभयो ।

उहाँले विभाजनसँगै कम्युनिष्ट पार्टी सडकमा झरेको बताउँदै सरकारको सम्पत्ती लुटेर भाग बण्डा नमिलेर पार्टी फुटेको आरोप लगााउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले नेपाली काङ्ग्रेसले अदालतको फैसलामा सहमति जनाउने बताउनुभयो । उहाँले कम्युनिष्टको सरकारले बलात्कारी, हत्यारा तथा लुटेरालाई संरक्षण गरेर राखेको आरोप समेत लगाउनुभयो ।

संविधानसभा सदस्य तथा काङ्ग्रेस सिन्धुलिका पुर्वसभापती मोहनप्रसाद बरालले संविधानले अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले सत्ताको आडमा प्रतिनिधिसभा विघटन गरेकोमा घोर आपति जनाउँदैे प्रतिनिधिसभा पुनःस्थापना नगरेसम्म सडक आन्दोलनका काङ्ग्रेस रहिरहने बताउनु भयो ।









