जबरजस्ती अबिरखादा लाईदिएर ओली समुहले मेरो चरीत्र हत्या गर्‍यो

सिन्धुली – लोकतान्त्रिक विधि, मूल्य र मान्यताबिपरित र आफ्नो ब्यक्तिगत इच्छा बेगर आफुलाइ जबरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको भन्दै स्थानिय सिताराम थापाले असन्तुष्टि ब्यक्त गरेका छन ।

गोलन्जोर गाउँपालिका -५ विजयछापका सिताराम थापाले आफुलाई अन्य केहि कुराहरु गर्नुछ भनेर कार्यक्रममा बोलाएको र अब तपाईं हाम्रो समुहमा आजदेखी हुनुभयो भन्दै जबर्जस्ति अबिर र खादा लगाइदिएको प्रती आफ्नो असन्तुष्टि रहेको बताउनुभयो ।

शनिबार नेकपा ओलि समुहले गोलन्जोर -५ खनियाखर्कमा वडा अन्तरक्रिया तथा पार्टी प्रबेश कार्यक्रम राखेको थियो । वडा कमिटी अध्यक्ष निर्मलकुमार रम्तेलको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रदीप कट्वालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रतिनिधि सभा सदस्य बिनोद खड्काको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रम संचालनको क्रममा गोलोन्जोर गाउँपालिका -५ बिजयछाप निवासी नारायण बहादुर बुढाथोकी, सिताराम थापाले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा ओलि समुहको मुल धारमा प्रबेश गर्नु भएको छ भन्दै खादा र अबिर जबरजस्ती लगाइदिइ विभिन्न सामाजिक संजालमा प्रचार गरेर आफ्नो चरित्रहत्या र मानहानी भएको भन्दै थापाले असन्तुष्टि जनाउनु भएको हो ।

आइतबार एक बिज्ञप्ति जारी गर्दै थापाले उक्त किसिमको चरित्रहत्या र मानहानी हुने गतिबिधी भएकोले कोहि कसैलाइ भ्रममा नपर्न र आफ्नो लोकतन्त्र प्रतिको निष्ठामा आघात नपुर्‍याउन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १०:२५

प्रतिक्रिया दिनुहोस्