सिन्धुली – बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए। गम्भीर घाइते एक […]
प्रदेश ३
सिन्धुलीमा रंगशाला निर्माण
सिन्धुली – वागमती प्रदेश सरकार सामाजीक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यान्वयन इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको रंगशालालाई एक औपचारिक कार्यक्रमका बिच कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ५ मा उक्त रंगशाला निर्माण गरिएको हो । वागमती प्रदेश सरकार सार्वजनिक निर्माण कार्यान्वय इकाईका प्रमुख डा. चन्द्रप्रसाद लुईटेलले कमलामाई […]
पब्लिक क्याम्पस संघ सिन्धुलीको संयोजकमा पोखरेल निर्वाचित
सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष […]
बिपि राजमार्ग सफा बनाउने उदेश्यले बृहत सरसफाई सुरु
सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ । पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली […]
आधारभुत शिक्षा परिक्षाको कमलामाइ नगरपालिकाबाट अनुगमन
सिन्धुली – कमलामाइ नगरपालिकाले आज देखि शुरु भएको आधारभुत शिक्षा (कक्षा आठ) उतिर्ण परिक्षाको अनुगमन गरेको छ । नगरभित्रका निजि तथा सामुदायिक बिद्यालयमा नगरपालिकाले अनुगमन गरेको हो । कमलामाइ नगरपालिका भित्र कुल ५२ निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थी आधारभुत शिक्षा परिक्षामा सहभागी छन । ५२ बिद्यालयका कुल एक हजार ५ सय ५६ बिद्यार्थी परिक्षामा […]