सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका आगलागी पीडितलाई जिल्लाको ब्ल्यु अल्पाइन क्लबले मंगलवार खाद्मान्न राहत सामाग्री वितरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौंको धनमाल जलेर नष्ट भएको थियो ।
क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल, मसौरा, दाल, बेसार, आलु, चिउरा, तेल तथा नुन लगायतको खाद्मान्न राहत स्वरुप सहयोग गरिएको हो ।
खाद्मान्न क्लवका अध्यक्ष शुरेस थापा मगर, उपाध्यक्ष अत्तिप्रबल घिमिरे, सचिव कमल पोखरेल लगायतले आगलागी पिडित परिवारलाई हस्तान्तरण गरेका हुन ।
गएको आईतवार राति करिव एक बजेबाट आगलागी शुरु भएको थियो । आगलागीबाट स्थानिय राजकुमार श्रेष्ठ, योगबहादुर थापा, कौशल थापा र गंगाबहादुर थापाको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट एक करोड १६ भन्दा बढी धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
वि.सं. २०४९ सालमा स्थापना भएको जिल्लाको व्ल्यु अल्पाइन क्लवले खासगरि जिल्लाको खेलकुदको क्षेत्रमा काम गरिरहेको भएपनि स्थापनाकालबाटै क्ल्वले अन्य सामाजिक क्षेत्र तथा सास्कृतिक क्षेत्रमा पनि काम गरिरहेको क्लवका सचिव पोखरेलले वताए ।