सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा […]
समाचार
हातबाट माइक खोसेपछी भड्किएको सिन्धुली जेन–जी आन्दोलन (भिडियो सहित)
सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो । राजधानी […]
घटस्थापना: रक्तमाला मन्दिरमा कलश स्थापना र जमरा रोपण
सिन्धुली – हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण गरि घटस्थापना पर्व शुरु हुने गर्दछ । नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ । हरेक बर्ष कमलामाई […]
सिन्धुलीका सीडीओले नै प्रशासनमा राख्न दिएनन राष्ट्रिय झण्डा
सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]
सिन्धुलीमा पनि जेनजीको प्रदर्शन (तस्बिरहरु)
सिन्धुलीको लोकतान्त्रिक चौकमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जिल्लाको लोकतान्त्रिक चौकबाट दुई नम्बर बजार हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म र्यालि आयोजना गरि पुनः लोकतान्त्रिक चौकमा पुगेर कोणसभा गरेको थियो । तस्बिरहरू:








