हरिहरपुरगढीमा कार्यरत कर्मचारी निकालेको निर्णय उच्च अदालतद्वारा बदर

सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई जागिर बाट निकालेको निर्णयलाई उच्च अदालतले बदर गरेको छ ।

पालिकाको एम.एस.आइ अपरेटर पदमा कार्यरत मनोराज घिसिङ्गलाई पालिकाका अध्यक्ष वाइबाले भदौ २३ गते कार्यपालिकाको निर्णय अनुसार भनी जागिरबाट निकालेका थिए ।

उक्त निर्णय बिरुद्ध मनोराज घिसिङ्गले उच्च अदालत पाटनमा उजुरी दिएका थिए । उजुरी उपर अधिबक्ता बोधबिक्रम थापा र केशब खतिवडाले निबेदकको तर्फबाट बहस गरेका थिए ।

उच्च अदालतका न्यायधीशद्धय सोमाकान्त मैनाली र दिपक खनालको सयुक्त इजलासले हरिहरपुरगढी गाउँपालिकाको मिति २०८२ भदौ २३ गतेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त बिपरित कानुन सम्मत रुपमा भएको नदेखिदा उक्त निर्णय बदर गरिएको फैसला गरेको हो ।

अदालतले निबेदकको सेवा सर्त बमोजिमको कामकाज गरेको अबधीको सेवा सुबिधा दिनु भनी बिपक्षीको नाममा परमादेश समेत जारी गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहीबार ०९:३३

प्रतिक्रिया दिनुहोस्