मोटरसाइकल चालकको मृत्यु

सिन्धुली – सिन्धुलिको बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिकामा आइतबार मोटरसाइकल र यात्रुबाहक बस एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका ३ गोठबजार नजिकै धुलीखेलबाट खुर्कोटतर्फ आउदै गरेको बा ७३ प २५८३ नं को मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जादै गरेको ना ७ ख ८९२ नं को यात्रुबाहक बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक बनेपा नगरपालिका ६ का २० वर्षीय विपन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकलमै सवार अर्का धुलीखेलका पवन कोइराला सख्त घाइते भएका छन ।

घाइते कोइरालाको धुलीखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । मोटरसाइकल तिव्र गतीमा रहेकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १५:४६

प्रतिक्रिया दिनुहोस्