समुदाय संवाद कार्यक्रम: गाँउमै मिल्छन, घरका झगडा


सिन्धुली । कमलामाई नगरपालिका –१३ बस्ने ५५ बर्षिया निमबहादुर खड्काको परिवार श्रीमान श्रीमतीको दैनिक घरझगडाले करिव डेढ वर्षदेखी छुट्टाछुट्टै घर बनाएर अलग भई वस्न थाले । यो परिवार आफुआफु विच एक अर्कालाई वुझ्न नसक्दा कयौं बर्षको घरझगडाको कारण अलग्गिएको हो ।

निमवहादुर खड्काकी श्रीमती मैया खड्काले सधै घरमा झगडा गरेर गाँउलेलाई तमासा देखाउनु भन्दा छुट्टै वस्नु जाति भनेर भुकम्पको लाभग्राहीमा परेको आफ्नो घरलाई निर्माण गरेर छुट्टै चुलोचौकोको व्यवस्था गरिन् र आफ्नो श्रीमान्बाट अलग्गिन् । कयौं पटकको सामुदायको छलफलबाट पनि उनिहरुको विवाद मिल्न सकेको थिएन ।

अन्ततः यो विवाद समुदाय संवाद कार्यक्रममा आयो । मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीद्धारा संचालित बालबालिकाको सपना परियोजना अन्र्तगत समुदाय संवाद कार्यक्रममा यो समस्याबारे छलफल र परामर्श भएपछी यो परिवार अहिले एकैठाँउमा छ ।
परिवार एकैठाँउ मात्रै छैन बर्षौदेखी अलग बसेका खड्का दम्पती अहिले संगै मेलापात र घरखेतको काम गर्छन् ।

समुदाय संवाद कार्यक्रमले दुवै पक्षलाई राखेर छोटो समयमा विवाद सल्टाइदिएको छ । यसरी दुई परिवारबीचको वर्षौंदेखिको तित्तता हटेर सम्वन्ध सुमधुर बनेको छ । ‘पहिले बोलचाल नै थिएन, बोल्न खोज्ने वहानामा खाली बुढाबुढीमा झगडा मात्रै प¥थ्यो अहिले दुवै श्रीमान श्रीमती एकझैं भएका छन्, ‘समुदाय संवाद कार्यक्रमकी सहजकर्ता गंगा राउतले भनिन् ।

कमलामाई नगरपालिका–१३ का मिलन सार्की । उनि कक्षा ३ मा पढ्दै छन् । उनकी आमा सुनिता सार्की । सुनिता सार्की मादक पदार्थ सेवन गरेर छोरा मिलनलाई दैनिक कुटपिट गर्थिन् । मिलनकी हजुरआमा सोमती सार्की । उनि कमलामाई नगरपालिका १३ नं. वडाकी दलित महिला सदस्य हुन् । उनले जनप्रतिनिधी भएर पनि आप्mनै घरमा सधै वुहारिले नातिलाई कुट्नेपिट्ने गरेको दर्दनाक दृश्य हेरिरहनुपर्छ ।

यो देख्दा असह्ैय पिडा हुन्छ सोमतीलाई । समुदायका व्यक्ति र आफुले जति सम्झाउँदा पनि उनको बुहारिले नातिलाई कुटपिट गर्न नछोडेपछी बुहारि सुनितालाई उनले समुदाय संवाद कार्यक्रममा लैजान थालिन । समुदाय संवाद कार्यक्रममा उनलाई सम्झाई बुझाई गरेपछी उनले अहिले आफ्नो छोरालाई कुटपिट गर्न छाडेकी छिन् । त्यतिमात्रै होईन अन्य बालबच्चालाई पनि उनि पिट्नु हुदैन भनेर सम्झाउन थालेकी छिन् ।

कमलामाई नगरपालिका १३ नं. वडाका ७३ वर्षिय सयबहादुर परियार र उनकी श्रीमती निरमाया परियारविच सधै घरमा बाझाबाझ मात्रै हुन्छ । सधै बाझाबाझ मात्रै गरेको सुनिन्छ भनेर गाँउलेले सधै समाजमा कुरा काट्छन् । यो दम्पती पनि अन्ततः समुदाय संवाद कार्यक्रममा पुग्यो । समुदाय संवादले दुवै दम्पती र समुदाय राखेर मेलमिलाप गरायो । अहिले उनीहरुको सम्बन्धमा सुधार आएको र मिलेर बसिरहेको सहजकर्ता राउतले वताईन् ।

यतिबेला सिन्धुलीमा यस्ता प्रकृतिका घटनाहरु अदालत र प्रहरी कार्यालयमा कमै संख्यामा जाने गरेका छन् । न्याय प्राप्तिका लागि पीडितहरु समुदाय संवाद कार्यक्रम र सहजकर्तालाई भेट्न जाने गरेका छन् । समुदायमा भएका समस्या बारे छलफल गराई समुदाय स्तरबाटै समाधान गराउने योजना निमार्ण गर्ने कार्यक्रमको रुपमा स्थापित छ समुदाय संवाद कार्यक्रम ।

स्थानीयस्तरमा स्थापित सामुदाय संवाद कार्यक्रमले स्थानीयको खर्च मात्रै होइन अदालत र प्रहरी कार्यालयमा जाने समयको समेत बचत भएको स्थानिय वताउछन् । मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले जिल्लाको कमलामाई नगरपालिकाको १३ र १४ नं. वडा, दुधौली नगरपालिकाको ३ र ६ नं. वडा र मरिण गाँउपालिकाको १ देखी ७ नं.सवैवडामा बालबालिकाको सपना परियोजना अन्र्तगत अभिबावक शिक्षा र समुदाय संवाद कार्यक्रम संचालन गरिरहेको छ ।

विगत २०२० बाट सुरु गरिएको यो अभियानले धेरै फाटेका मनहरु सिउन मद्दत गरेको परियोजना अधिकृत नवराज श्रेष्ठले वताए । बालबालिकाको सपना परियोजना भएकोले खासगरि वालवालिकामा पर्न सक्ने मानशिक तथा शारिरिक समस्या रोकथाम तथा न्युनिकरणका लागी अभिबावक शिक्षा र समुदाय संवाद कार्यक्रम प्रभावकारी मानिएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बालबालिकाको सपना परियोजनाले बिशेष गरी गर्भावस्थादेखी ३ बर्ष मुनिका बालबालिकाहरुको अभिभावकहरुलाई प्रारम्भिक बालविकास सम्बन्धि ज्ञान र शिपसहितको दक्षता प्रदान गर्ने काम गर्छ ।

अभिबावकका आफ्ना शिशु, बालबालीकाको शारीरिक विकाश, बौदिक तथा भाषीक विकाश, संवेगात्मक विकाश र सामाजीक सास्कृतिक विकाश लगायत उमेर अनुसार वालविकासका सुचक प्राप्तीका लागि उचित स्याहार गर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउनका लागी समुदाय स्तरमा अभिभावक शिक्षा र समुदाय संवाद कार्यक्रम संचालन गरिएको हेण्डस नेपालका अध्यक्ष बासु अधिकारीले वताए ।

भनिन्छ, “घर बालबालिकाको पहिलो विद्यालय हो र अभिभावक पहिलो शिक्षक हो” । बालबालिकाको भविष्य अभिभावकको हातमा निर्भर गर्छ । अभिभावक बालबालिकाको पालन पोषण गर्ने, रक्षा र सुरक्षा गर्ने, शिक्षा, ज्ञान, सिप, सिकाइ, सामाजिकीकरण हुने कला सिकाउने, संसारमा बाँच्न, जिउन परिपक्व बनाउने, बालबालिकाको नैसर्गिक अधिकारको संरक्षण गर्ने प्रमुख अधिकारी हो । त्यसैले अभिभावकको काम र जिम्मेवारी संसारको सभ्यता सृष्टिलाई निरन्तरता दिने सबैभन्दा महत्त्वपूण र कठिन काम हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १३:५७

प्रतिक्रिया दिनुहोस्