सिन्धुली । सिन्धुलीको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् ।
नेपाली समुदायमा परापुर्वकाल देखी महिलालाई चुलोचौको र मेलापातको काममा लगाउने र घरबाहिर महिलाको सहभागिता अत्यन्त न्युन हुने गरेको तर घरबाहिर हुने भेला, वैठक, सेमिनार, गोष्ठि तथा विभिन्न कार्यक्रममा पुरुषनै जानुपर्ने प्रचलन अझै पनि विद्यमान छ ।
पछिल्लो समय मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुली मार्फत वालबालिकाको सपना परियोजना संचालन भएपछी बालबालिका हुर्काउन र पालनपोषण गर्न महिलाको प्रमुख भुमिका रहने हुनाले पनि यस संबन्धि ज्ञान शिप आर्जन गर्न महिलाको सहभागिता यस क्षेत्रमा वढ्दो छ ।
यो संगै समाजमा हुने विकास निर्माणका काममा समेत पुरुषको भन्दा महिला सहभागिता अब्बल हुन थालेको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित बालबालिकाको सपना परियोजनाले अभिबावक शिक्षा र समुदाय संवाद कार्यक्रम संचालन गरिरहेको छ ।
अभिबावक शिक्षा तथा समुदाय संवाद कार्यक्रममा बालबालिका हेरचाह र पालनपोषणलाई कसरि प्रभावकारी वनाउन सकिन्छ, बालबालिकाको शारिरिक तथा मानशिक बृद्धिविकासमा आमावुबाको भुमिका के कस्तो हुनुपर्छ, बालबालिकालाई शारीरिक, बौदिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासका लागि स्वास्थ्य, पोषण, सुरक्षा, सरसफाइ, उत्प्रेरणा लगाएतका विषयमा जानकार हुनुपर्ने लगाएत विषयका छलफलमा महिलाको सहभागिता वढ्दो मात्रामा छ ।
यति मात्रै नभएर साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजना, भवन निर्माणका सवालमा हुने छलफलमा समेत महिला सहभागिता वढ्न थालेको छ । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ ।
दुधौली नगरपालिका –३ का देवी कुमरलाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काम र समुदायमा हुने छलफलमा जानु देवीको दैनिकी हो । समुदाय संवाद कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम तथा सरसफाईको लागी छलफल हुने हुँदा यहाँका महिलाको दैनिकी फेरिएको हो ।
उनी भन्छिन्, “हामीले घरमा बालबालिका सहज रुपले हुर्कन पाउने वातावरण निर्माण गरिरहेका छौं, यौ संगै समुदायलाई सरसफाईयुक्त वनाउन र विकास निर्माणका लागी काम गरिरहेका छौँ तर पुरुषको भन्दा हरेक काम पारदर्शी र छिटो गरिरहेका छौँ ।”
दुधौली नगरपालिका वार्ड नं. –५ हर्षाहीकी अनिशा चौधरी उमेरले भर्खर १७ वर्ष पुगिन । उनि स्थानिय जनजागरण मावि हर्षाहीमा कक्षा ११ मा पढ्छिन । उनले जन्मेदेखी आफ्नो बाबुसंग प्रत्यक्ष भेट्न र देख्न पाएकी छैनन् । आमाको गर्वमै रहदा उनको वुवाले अर्की आमा लिएर बेपक्ता भएको पिडा अनिषाको परिवारलाई छ । उनको परिवारमा उनि, उनको आमा र हजुरआमा छन ।
उनको परिवारमा पुरुषको उपस्थिती छैन । अनिषा चौधरी विगत चार वर्षदेखी महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा वडा नं. ५ मा कार्यरत छिन । उनलाई स्कुल जानुपर्ने, घरमा आमालाई सघाउनुपर्ने, वुढि भएकी हजुरआमालाई हेरचाह गर्नेपर्ने लगाएत घरधन्दा मेलापातको काम गर्नुपर्ने वाध्यता छ । यो संगै महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरिरहेकी अनिषालाई यो क्षेत्रमा समेत समय दिनुपर्ने वाध्यता छ ।
अनिषा भन्छिन् – “हाम्रो समुदाय दनुवार समुदाय हो, यहाँको समाज त्यति वुझेको समाज छैन । भिटाभिन खुवाउन समेत तोकिएको समय र स्थानमा आफ्ना वालवच्चालाई लिएर यहाँको समुदाय आउदैनन । उनिहरुलाई घरमै पु¥याईदिनुपर्छ ।” विभिन्न तालिम तथा सेमिनारमा सहभागि भईरहनुपर्ने अनिषाको वाध्यता हो । आफु महिला स्वास्थ्य स्वयंसेविका भएकोले अभिवावक शिक्षा कार्यक्रम आफैले संचालन गर्नुपर्छ अनिषा भन्छिन ।”
महिनाको दूईपटक सम्म संचालन गरिने अभिभावक शिक्षा कार्यक्रममा समुदायमा हुने गरेका विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगाएतको विषयमा छलफल हुने गरेको उनले वताईन । बालबालिकाको सपना परियोजना मार्फत समुदाय सुधार तथा निर्माण कार्यमा महिला सहभागिता सक्रिय भएको देख्दा आफुहरुलाई खुशी लागेको र हौशला मिलेको अनिषाको भनाई छ ।
विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकोमा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको कमलामाई नगरपालिका १४ नं. वडाका अध्यक्ष जितलाल अधिकारी दनुवारले वताए ।
न्याय र समानतामा आधारित नेपाली समाजको सृजना गर्ने संविधानको मर्मलाई व्यवहारमा उतार्न आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी रूपमा महिला सशक्तीकरण दिगो विकासको आधारशिला हो । त्यसैले मानव एवं सामाजिक विकासको अहिलेको परिसूचकलाई गुणात्मक र परिमाणात्मक रूपमा बढाउन आम जनताले अनुभूत गर्न सक्ने गरी विकासका सम्पूर्ण चरणमा समावेशीताको मूल्यलाई लैंगिक समानताले पृष्ठपोषण गर्छ ।
त्यसैले राजनीतिक, सामाजिक, धार्मिक, जातीय एवं अन्य सबै कारणले शासकीय शक्तिको माथिल्लो तहमा, समाजको निर्णायक तहमा भित्र खिलजस्तो गाडिएर बसेको दरिद्र पितृसत्तात्मक चिन्तनलाई बाहिर निकाल्ने उदार एवं प्रवृत्तिगत सोचले विकासलाई बढी सहभागितामूलक, समावेशी एवं न्याय पूर्ण बनाउन सक्छ ।