कक्षाकोठामा बालबालिकालाई पार्टिको झण्डा कहिलेसम्म ?

बालबालिका आजको साझेदार भाेलिकाे कर्णधार भनिएको छ । १८ बर्ष सम्म उमेर भएको किशोर किशोरीहरुलाई बालबालिका भनिन्छ ।

याे अबस्था भनेको उनिहरुकाे लाउलाउ खाउँखाउ भन्ने उमेर सँगसँगै सहि र गलत छुट्याउने क्षमता हुदैन । जस्ले जे भन्याे त्यहि हाे भनेर पछि लाग्ने उमेर हो । बालबालिका सबै भन्दा धेरै समय आफ्नो बिद्यालयमा बिताउछन ।

बिद्यालयललाइ एउटा शान्तिपूर्ण र पबित्र स्थल पनि भनिन्छ । साथै भबिष्य देखाउने बाटो पनि भनिन्छ । जसको माध्यम बाट आजको कलिला काेपिला जस्ता बालबालिका भाेलि एउटा सुन्दर फुलमा परिवर्तन हुदा देख्ने बित्तिकै मनमा छुट्टै आन्नद आउँछ ।

तर अहिलेकाे समयमा हेर्नू पर्दा बिद्यालय एउटा राजनीतिक कार्यकर्ता उत्पादन गर्ने थलाे र ती कापी कलम बाेक्ने उमेर भएको बालबालिका झण्डा बाेकेकाे देख्नु परिरहेको छ ।

अर्थात, बालबालिकाकाे मानसिकतामा असर र उनिहरुकाे अधिकारकाे उलंघन भइरहेको छ । हरेक बालबालिकाको कक्षा शिशु देखि माध्यमिक तहसम्म अर्थात कक्षा १२ सम्म पास नगरि भाेलि हामी के बन्ने भने कुरा र कुन क्षेत्रमा जाने भन्ने कुरा भबिष्यले निर्धारण गर्दछ ।

हाम्रो मानसिकताले के सहि के गलत छुट्याउन सक्ने क्षमता हुदैन् तर पनि बिद्यालयले गर्दा अहिले ती कलिला काेपिला जस्ता बालबालिकालाई कापि कलम लिएर खुल्ला आकाशमा उड्न सिकाउने बेला राजनीतिक पार्टीकाे झण्डा बाेकाउने काम गरिएको छ ।

जसमा बिद्यालय प्रशासन चुप लागेर राजनीतिक कार्यकर्ता हरुकाे तालमा ताल मिलाएर बालबालिकाकाे अधिकार माथि खेलवाड गरिएको छ ।

बाहिरबाट बिद्यालयमा पार्टीकाे झण्डा बाेकेर आउने र बिद्यार्थीहरुकाे समस्या हामी बुझ्छौ भनी आफ्नो कुरामा फसाएर कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीलाई बिद्यालयकै प्राङ्गणमा गएर कमिटी बनाएर राजनितीक दलकाे झण्डा देखाएर फाेटाे सामाजिक सञ्जालभरि प्रचार गर्ने गरिएको छ ।

पहिला नबुझी कमिटीमा बसि पछि घरपरिवारबाट वा अग्रज बाट बुझेर बालबालिकाको क्षेत्रमा काम गर्ने बालअधिकार कर्मिहरुलाई धेरै गुनासो आएको छ ।

यस्तो कार्य गलत हाे । बालबालिका सम्बन्धि एेन २०७५ र संविधान २०७२ ले बालबालिकालाई राजनीतिक उद्देश्यकाे लागि प्रयाेग गर्न पाईने छैन भनिएको छ र बालबालिका सम्बन्धि ऐन २०७५ काे परिच्छेद २ मा बालबालिकालाई राजनीतिक उद्देश्यमा सेना शस्त्र जस्ता कुनै पनि कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रयाेग गर्न पाईने छैन भनिएको छ ।

यस्तो गलत कामलाई अन्त्य गर्ने प्रमुख भुमिका बिद्यालय प्रशासन बिद्यार्थी स्वंयमकाे हुन्छ साथै स्थानीय सरकार र बालअधिकार कर्मिले पनि यसमा ठाेस कदम चालि बालबालिकाकाे अधिकारकाे संरक्षण गर्नुपर्छ ।।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार १५:५६

प्रतिक्रिया दिनुहोस्