सिन्धुलीमा नो लकडाउन: दुईको मृत्यु १५० बढी संक्रमित, जिल्ला प्रशासन मृत्युु र संक्रमणदर कुर्दै 

सिन्धुली – कोभिड संक्रमणको चिन्ता र डर सबै नागरिकलाइ उत्तिकै छ । अकालमा ज्यान गुमाउनु पर्ने हो कि भन्ने डरले गाउँका नागरिक बजार झर्न गाह्रो मान्छन आजभोली ।

घ्याङ्लेख गाउँपालिका -५ का डम्बर स्याङ्तान कोरोनाकै डरले चार महिना भयो सिन्धुलीमाढी नझरेको । उनी आफैमा प्रेसरको बिरामी हुन । उनी कसैलाई भनेर औषधि गाउँमै मगाउछन र खान्छन ।

स्याङ्तान भन्छन “बजारमा भिडभाड हुन्छ म आफै पनि बिरामी छु पहिल्यै बाट रोगिलाइ झन गाह्रो हुन्छ भन्ने सुनेर औषधि लिन जान समेत डर लाग्छ ।” उनको समस्या औषधि ल्याउनु मात्रै होइन दैनिक ज्याला मजदुरि गरेर पेट पाल्नु पनि हो । उनको पेट सङ्गै उनको परिवारको पनि आशा र भरोषा जोडिएको छ ।

उनी आफैले आफ्नो परिवार धान्नु पर्ने छ । स्याङ्तानले भने औषधि लिन गयो यो बजार गएर आयो कोरोना ल्यायो क्याहो भनेर कोहि नजिक आउन मान्दैनन । दैनिक ज्याला मजदुरी नगरी पेट पालिदैन उनी भन्छन । अब औषधि लिन जाउ गाउँमा काम गर्ने वातावरण छैन नलिन जाउ प्रेसरले ज्यान गुमाउला भन्ने डर भयो ।

यता सिन्धुलीमाढी सदरमुकाम खासगरी कहि कतै कोरोनाको प्रभाबमा छैन । व्यावसायि ढुक्कले आफ्नो ब्यबसाय गरिरहेका छन । पुर्व पश्चिम् आवत जावत गर्ने यात्रु ढुक्कले सिन्धुलीमाढिमा खाना खाजा गरेर आवत जावत गरिरहेका छन ।

उस्तै परे हेल्मेट नै नलगाई मोटरसाइकलमा प्रहरिको आँखा छलेर हिड्ने यात्रुले माक्स लगाउने सेनिटाइज गर्ने साबुनपानीले हात धुने धेरै परको कुरा हो । यता उति यात्रा गर्ने हरकोहीको मुखमा माक्स देखिदैन ।

स्थानिय सामाजिक संघसंस्था, जनप्रतिनिधि सरोकार निकायका ब्यक्तीको अहिले फेसबुकमा प्राय सिन्धुली डेन्जर क्षेत्रको रुपमा रहेको र छिट्टै केही समयको लागि लकडाउन गर्नुपर्ने लेखिएको पोष्ट देख्न सकिन्छ ।

सिन्धुली अस्पताल बिकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले सिन्धुली तत्काल लकडाउन गर्न सुझाब सहित राम राम राम भनेर आफ्नो सामाजिक संजालमा स्टाटस पोष्ट गरेका छन । 

नेपाल पत्रकार महासंघका पुर्वसभापती संजय दाहालले आफ्नो फेसबुकमा “कम्तिमा १५ दिनलाई भएपनी लकडाउन गर्नपर्यो सिन्धुली जिल्लालाई । सम्बन्धित निकाय सरोकारवालाहरुको ध्यान जावस । पछि पछुताउने समय पनि नहोला !” भनेर पोष्ट गरेका छन ।

सिन्धुली जिल्लामा चैतको अन्तिम साताबाट देखिएको दोस्रो लहरको कोरोना संक्रमणबाट दुई जनाको ज्यान गई सकेको र १५० संक्रमित भई सकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए ।

अध्यक्ष पोखरेलले “अत्यावश्यक सेवा बाहेक १० दिन कसैलाई पनि घरबाट निस्किन नदिई सुनसान पार्न आवश्यक देखिएको छ, त्यसो भयो भने मात्रै कोरोना नियन्त्रण गर्न सकिन्छ,” उनले भने, “यो काम गर्ने कस्ले, मैले भनि रहेको छु, सुन्ने निकायले सुनेको छैन ।”

सिन्धुली जिल्लामा अहिलेकै गतिमा कोरोना संक्रमित बिरामी बढी रहेमा यहाँ रहेको स्वास्थ्य संस्थाको क्षमताले उपचार गर्न नसक्ने र जनशक्तिको पनि अभाव रहेको उनको गुनासो छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोखरेलका अनुसार कोरोना संक्रमित भई तीन जना चिकित्सक त अहिले उपचारका लागि होम आईसोलेसनमा बसेका छन् । अस्पतालका अन्य स्वास्थ्यकर्मीको अवस्था पनि उस्तै छ ।

पछिल्लो समयमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिका कोरोना संक्रमणको बढी जोखिममा देखिएको अस्पतालले जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यलय सिन्धुलीले भने यि सबै सुझाबलाई बेवास्ता गर्दै आइरहेको छ । एक स्थानियले जिल्ला प्रशासनले कोरोनाको मृत्युु दर कुरिरहेको बताए । यति धेरै सबैतिरबाट सुझाब आइरहदा लकडाउन नगरेर जिल्ला प्रशासनले नागरिकको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए ।

उनले भने, ‘सिडियो साप आफै जम्बो टोलि लिएर कहिले मरिण कहिले कता हिडिरहनुभएको छ उहाँहरु आफैलाइ गाउँमा जादा माक्स लगाउनु पर्छ भन्ने थाहा छैन फोटो खिच्नको लागी माक्स लगाउनुहुन्छ भने हामी गाउँको जनता कसरी सुरक्षीत हुन्छौ ? उनले गुनासो गरे ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आइतबार प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानेको अध्यक्षतामा डिसिसिएमसिको बैठक सम्पन्न गरेको छ । बैठकले लकडाउन नगर्ने तर सबै स्थानिय तहलाइ सतर्क रहन आह्वान गर्ने लगायत निर्णय गरेको छ ।

कोभिड-१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने नेपालभर परिस्थिती झनै डरलाग्दो भएको भन्दै लकडाउनलाई थप कडाई गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १६:३१

प्रतिक्रिया दिनुहोस्