सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । आज उनको सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।
मृतक बालक हरिहरपुरगढी गाउँपालिकाका हुन् । योसँगै सिन्धुलीमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ६ पुगेको छ । सिन्धुली अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । बैशाख २० गते ल्याएकोमा आज चार दिनपछि मृत्यु भएको हो ।
पिसिआरका लागि धुलिखेल पठाइएकोमा आज रिपोर्ट पोजिटिभ आएको हो । बालकको आज १२ बजेपछि मृत्यु भएको हो । मृतको शब ब्यबस्थापन सम्बन्धित गाउँपालिकाले जिम्मा लिने बताइएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा सिन्धुली अस्पतालको आइसोलेसनमा मृत्यु भएको यो पहिलो घटना हो ।
सिन्धुली अस्पतालका फोकलपर्सन सागर देवकोटाले मृतकबारे प्रतिक्रिया दिदै भने, ‘अहिले कोरोनाको रिपोर्ट पोजिटिभ आएमा मृतक भएका व्यक्ति कोरोनाको कारण भन्ने हुन्छ । तर उनीमा कोरोनाको लक्षण भने थिएन ।’









