राष्ट्रकवि घिमिरेको मंगलवार साझ निधन ।


सिन्धुली । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।
घिमिरेको मंगलबार साँझ ५बजेर ५५ मिनेर जादा निधन भएको हो । उहाँको विसं १९७६ साल असोज ७ गते लमजुङमा जन्म भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको परिवार श्रोतले जनाएको छ ।
घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध लगायतका विधामा कलम भएको थियो । घिमिरेको “गौरी” शोक काव्य सबैभन्दा चर्चित रहेको पाइन्छ ।
उहाँको ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ लगायतका कविता सङ्ग्रह पाठक सामु आएका छन् । स्वच्छन्दतावादी धारामा रहेर कलम चलाउनु हुने उहाँको ‘गाउँछ गीत नेपाली’ जस्ता धेरै राष्ट्रिय भावले ओतप्रोत भएका गीत तथा कविताहरू रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १९:३९

प्रतिक्रिया दिनुहोस्