भ्रामक समाचार सम्प्रेषणप्रती निर्माण व्यावसायि संघको आपत्ती

सिन्धुली – हर्षाहि कालापानीको अरुणठाकुर जोड्ने सडकखण्डमा २०७८ असार १२ गते परेको अत्याधिक बर्षाका कारण ३७० मिटर भत्किन गएको बिषयलाइ लिएर केही अनलाइन, युट्युब र पत्रपत्रिकाले तोडमोड गरि समाचार प्रकाशन/प्रशारण गरेको भन्दै सिन्धुली निर्माण ब्यबसायी संघले आपत्ती जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर संघले दैबिप्रकोपबाट भएको घटनालाइ तोडमोड गरि ब्यबसायिको कमजोरी देखाइ समाचार सम्प्रेषण गरिनुले निर्माण ब्यबसायीहरु पेशाबाटै पलायन हुन सक्ने अबस्था आएको बिज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘दुधौलीको लखिमा देखी अरुणठाकुर जोड्ने १२.६ कि.मि सडक जिल्लाको इम्यानुएल कन्ट्रक्सनका प्रबन्धक छेत्रबहादुर बम्जनले निर्माणकार्यको जिम्मा लिनुभएको हो ।

उक्त निर्माणकार्यको केही भाग एक हप्ता सम्म परेको निरन्तर बर्षाका कारण बाढी पहिरो गइ पानी निकासको पर्याप्त स्रोत नहुदा पानी सडकबाट नाघी पानीको उच्च बहाबले क्षति पुगेको सडकलाइ ब्यबसायिको लापरबाहीका कारण सडक भत्किएको भन्दै ब्यबसायिको बदनाम गराउने किसिमले समाचार गरिएको प्रती संघको आपत्ती रहेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्ता भ्रामक समाचार प्रकाशन प्रशारण गरिनुले विभिन्न समुहको धाकधम्की, ब्यबसायीमैत्री ऐन कानुनको अभाब, महँगि, निर्माण सामाग्रीको अभाब, राज्यको निकायबिचको समन्वयमा कमि मात्रै नभएर आफ्नो घर घडेरी धितो राखेर यस ब्यबसायमा लागेका व्यावसायिको आत्मबल कमजोर हुन पुगेको बिज्ञप्तिमा भनिएको छ । बिज्ञप्तिमा बिश्वभर फैलिएको कोभिड १९ बिरुद्द ज्यानको बाजी लगाइ सम्पन्न गरेको निर्माण कार्यको दैबीप्रकोपले भएको हानीनोक्सानीको क्षतीपुर्ती नेपाल सरकार संग दिलाइ गराइ पाउनको लागी निर्माण ब्यबसायी संघ सिन्धुलीको जोडदार माग रहेको अध्यक्ष तुलसीराम श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०६:३१

प्रतिक्रिया दिनुहोस्