नेपाली कांग्रेस सिन्धुलीको कोषाध्यक्षमा प्रकाश कार्की मनोनित

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीको पहिलो जिल्ला कार्यसमितीको बैठकले प्रकाश कार्की (धर्ती) लाई जिल्ला कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरेको छ । नबनिर्वाचित कार्यसमितीको पहिलो बैठकले कार्कीलाई मनोनित गरेको हो ।

त्यस्तै उक्त बैठकले प्रेमचन्द्र दाहाल, ओलक मुक्तान र गोबिन्द पहाडीलाई सदस्यमा मनोनित गरेको छ । आसन्न स्थानिय तहको निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको सन्दर्भमा बसेको छलफल पछि पार्टी कार्यालयमा नबनिर्बाचित कार्यसमितीको पहिलो बैठक बसेको थियो ।

उक्त अभियानलाई केन्द्रमा राखेर गरिएको खुल्ला छलफलमा आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीलाई कसरी सबै तहमा जिताउन सकिन्छ भन्ने बारे छलफल गरिएको छ । केन्द्रिय प्रतिनिधि मक्ताकुमारी यादव उपस्थीत नभएपछी पुनः दोश्रो चरणमा अर्को छलफल केही दिन भित्र गरिने नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार ०९:१८

प्रतिक्रिया दिनुहोस्