नगदसहित करिव १७ लाख वरावरको अवैध सामान वरामद


सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार साझ चेकजाचको क्रममा नगद सहित करिव १७ लाख वरावरको अवैध सामान नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका वडा नं. ४ हिरापानि चेकपोष्टमा खटिएको प्रहरीले नगद १० लाख सहित विल विजक नभएको ७२० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य वरावरको रजनिगन्धा वरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले वताउनुभयो ।

प्रहरीले गाईघाटवाट काठमाडौ तर्फ जादै गरेको लु.अ.अ.भ. १८४७ नं. को ट्रकलाई चेकजाच गर्ने क्रममा ट्रकको पछाडी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद र सामान वरामद गरेको हो । चालक खोटाङ जिल्ला नेर्पा गाँउपालिका वडा नं. ६ घर भएका ३४ वर्षिय नवराज राई र ट्रकलाई आवस्यक कारवाहिका लागी आन्तरिक राजस्व कार्यालय पथलैया पठाईएको प्रहरी नायव उपरिक्षक लामाले वताउनुभयो ।

ट्रक चालक नवराज राई
प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १५:५३

प्रतिक्रिया दिनुहोस्