हरेक मतदानस्थल अपाङ्गमैत्री बन्न जरुरी छ

चुनाव नजिकिदै छ, अबको एक दिनमै हाम्रो मत खसाल्ने दिन आउदैछ । यसरी चुनाव नजिकिदै गर्दा म अत्यन्तै खुशी छु । आफुले रोजेको जनप्रतिनिधिलाई चुन्ने दिन म हर्षले गदगद छु । अबको पाँच बर्ष सम्म त्यो प्रतिनिधि आउदैछन् जसलाई हामीले नै चुनेर ल्याउदैछौ । तिनै प्रतिनिधि जो हामीले खसालेको मत बाट बिजयी हुनेछन् ।

आशा गर्द्छु जो जो जनप्रतिनिधिहरु आउनेछन सबै जनमानिसको मन मुटुमा बसेर सबैकालागी हित हुने खालको काम गरि समाजमा यौटा नयाँ प्रस्तुति देखाई समाजलाई राम्रो दिशा तर्फ लैजानु हुनेछ भन्ने बिश्वास गर्दछु ।

यसरी चुनाव हाम्रो घर दैलोमा आईरहदा मत खसाल्ने दिन नजिकिदै गर्दा । म, मतदान स्थलसम्म सहजै गयर आफ्नो मत खसाल्न पाउछु कि पाउदिन होला भन्ने कुराको अन्योलमा छु । के मैले मत खसाल्ने मतदान स्थल अपाङ्गता मैत्री बनाइएको होला त ?

कुनैपनी ब्यक्ति राज्यको एक नागरिक भयको हैसियतले उसले राजनितीक अधिकार प्राप्त गर्दछ । उसले पनि अरुले सरह राजनीतिक रुपमा हरेक प्रक्रियामा समाबेश हुन पाउनुपर्दछ ।

तर, अपाङ्गता भएका ब्यक्तिहरु अपाङ्गता भएकै कारण राजनीति अवसर र सहभागीताबाट बन्चित भईरहेको अवस्था छ । यो हाम्रो समाजको तितो यथार्थ हो । यहि मिति २०७९ बैशाख ३० गते हुने निर्वाचनमा मतदान स्थलहरु अपाङ्गता मैत्री हुन आवस्यक छ ।

किनकी अपाङ्गता भयका ब्यक्तिहरुले पनि आफ्नो मताधिकारको प्रयोग आफैले गर्न पाउनु पर्दछ । हरेक नागरिकको अधिकार हो आफ्नो मताधिकारको प्रयोग आफैले गर्न पाउने, तसर्थ मतदान स्थलहरु अपाङ्गता मैत्री हुन आवस्यक छ ।

घरपरिवारको सदस्य वा निर्वाचन अधिकृतले मैले भने अनुसार भोट हालिदिन सहयोग गर्छन् भन्ने कुरामा म विस्वस्थ छैन । तेसैले पनि मेरो भोटको सहि सदुपयोग गर्नको लागि मतदान स्थल अपाङ्गता मैत्री हुन आवस्यक छ ।

अपाङ्गता मैत्री मतदान स्थल बनाउदा अपाङ्गता भएका व्यक्तीहरूले मात्र नभई, सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिक, दीर्घरोगी तथा हालसालै दूर्घटनामा परेका तथा बिरामी व्यक्तीहरूलाई पनि जान सजिलो हुनेछ ।

तेसैले यस्ता क्रियाकलापहरुमा राज्य नै जिम्मेवार भयर यस्ता संबेदनसिल पक्षहरूमा ध्यानाकर्षण गरि नीति नियम नै बनायर कार्यान्वयनमा ल्याउने हो भने परिवर्तन पक्कै पनि संभव छ । राज्यले चाहेको खण्डमा मतदान स्थललाई अपाङ्गतामैत्री बनाउनु कुनै ठुलो योजना हैन मात्रै मतदान स्थलको भैतिक डिजाइनलाई सहज गरिदिय पुग्ने कुरा न हो।

के हामी हाम्रो दिमागले गर्न सक्ने कुरालाई पनि परिवर्तन गर्न सक्दैनौं ? आखिर अवस्था नै त परिवर्तन गर्नुपर्ने हो । तसर्थ सबैले आ आफ्नो ठाउँबाट मतदान स्थल लाई अपाङ्गता मैत्री बनाउन सहयोग गरौं ।

यहि मिति २०७९ बैशाख ३० गतेको लागि घोषणा भएको स्थानीय निर्वाचनको दिन अपाङ्गता भएका ब्यक्तिहरुलाई घरबाट मतदानस्थल तथा मतदानस्थल बाट घर सम्म ल्याउन र लैजान तथा मतदानको समयमा आवश्यक सहयोग गर्न सबै राजनीति दलहरु, स्थानीय सरकार र सरोकारवाला निकायहरुले आफ्नो तर्फबाट पहल गरौं । धन्यवाद !!

• दिपा देबकोटा, सिन्धुली

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार ०१:१४

प्रतिक्रिया दिनुहोस्