सामाजिक समस्या: अपाङ्गता भएका महिलामा महिनाबारी

अपाङ्गता आफैमा यकदमै असजिलो अवस्था हो । अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न कठिनाईबाट उल्झन परेको हुन्छ । जस्तो कि पारिवारिक, सामाजिक, आर्थिक, कुरिती जस्ता अपाङ्गता त्यसमा पनि महिला भयकै कारण उनिहरुले परिवार बाट नै विभेद खेप्दै आईरहेका हुन्छन् । एक त छोरी त्यसमा पनि अपाङ्गता ।

अब समाजमा कसरी मुख देखाउने यसले भोलि के गर्ली अपाङ्ग भयकै कारण पहिलो बिभेद घर बाटै सुरु भएको पाईन्छ । अनि यसरी घरबाट सुरु भएको बिभेद संगै एउटा किशोरी या नारिले गाउँ समाजबाट पनि हुने अपहेलित बाट जोगिन सक्छिन ?

अपाङ्गता आफैमा असजिलो पक्ष त छदैछ त्यसमा पनि अपाङता भएका महिलालाई महिनावारीको अवस्थामा झनै धेरै समस्याबाट गुज्रीनु परिरहेको हुन्छ । शारीरिक, मानसिक, बौद्धिक, अटिजम, सुस्तस्रवण र दृस्टी सम्बन्धि अपाङ्ग भएका महिलालाई धेरै समस्या हुन्छ । कतिपय अपाङ्गता भएका महिलाहरु जसलाई आफ्नो अपाङ्गताकै पहिचान समेत थाहा हुन्न ।

उनिहरुमा महिनावारी भनेकै के हो ? र महिनावारी सम्बन्धि ज्ञान समेत नभयको अवस्था हुन्छ । उनिहरुलाई बिशेष यो परिस्थितिमा यौटा परिवारले नै सम्पुर्ण स्याहार सम्भार गर्नुपर्दछ । यस्तो अवस्थामा परिवारमा भित्रै पनि अलिक बुजेको ब्यक्ति नभइदिदा ति महिला महिनावारी हुँदा कसरी उसको सुरक्षित हेरचाह गर्ने भन्ने ज्ञान समेत नहुनसक्छ ।

यस्तो अवस्थामा कसरी उनिहरुलाई सुरक्षित महिनावारी गराउने कसरी महिनावारी समय अवधीभर सरसफाइ र पौष्टिक खानामा ध्यान दिने यो अवस्थामा परिवारले पनि निकै संबेदनसिल हुनुपर्ने देखिन्छ ।

यस्ता अवस्था अपाङ्गता भएका महिलाहरुको परिवार, अभिभावकहरुलाई कसरि उनिहरुलाई महिनावारी अबधिमा साथ, सहयोग र सम्भार गर्ने भन्ने जस्ता विषयमा जानकार गराउन अति आवस्यकता देखिन्छ ।

अझ् कतिपय मान्छेहरुले त अपाङ्गता भएका महिला पनि महिनावारी हुन्छन र ? भनेर प्रश्न चिन्न समेत खडा गर्छन् । महिनावारि महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यो सबै महिलाहरुमा हुने गर्दछ भने किन ती अपाङ्गता भएकी एउटि महिला प्राकृतिक प्रक्रियाबाट नै बन्चित हुन सक्लिन र ?

उनी पनि तपाई हामीले टेकेकै धर्तिमा चलायमान छिन फेरि किन प्रकृति कहिले फरक धारमा लागू हुन्छ र ? यो त समान अनि नियमित सामान्य प्रक्रिया हो होइन र ? महिनावारी महिलामा हुने स्वभाविक प्रक्रिया हो । तर महिनावारी सम्बन्धि विभिन्न भ्रमपुर्ण धारणा, मान्यता समाजमा रहदा महिलाहरुको जिवनमा गम्भीर असर पनि परेको छ ।

महिनावारी सम्बन्धि गलत धारणालाई हामीले बदल्न जरुरी छ । त्यसैले आफ्नो सोच परिवर्तन गरि सबैलाई समान रुपले सोच्न जरुरी छ । घरमा आम्दानीको श्रोत छैन बिहान बेलुकी काम गरेर गुजारा चलाउनुपर्ने अवस्था छ फेरि घरमा अपाङ्गता भएकि महिला पनि छिन उनि आफ्नो लागि केही गर्न सक्दिनन् उनको सबै देखदेख पनि परिवारले नै गर्नुपर्छ । उनि हरेक महिना महिनावारी पनि हुन्छिन् घरमा छाक टार्न मुस्किल परेको बेला उनलाई कसरी सेनेटरी प्याड किन्नु कसरी पौष्टिक खाना उपलब्ध गराउनु ? यो आम जनमानसको चिन्ताको बिषय हो ।

यस्ता संबेदनसिल पक्षहरुमा सरकारको ध्यानाकर्षण हुन आवस्यक छ । प्रत्येक महिना महिनावारी हुने महिलाहरुलाई सरकारद्वारा सेनेटरी प्याड सित्तैमा उपलब्ध गराउन अत्यन्त आवस्यक छ । यदि यसो गर्न संम्भव नभएको खण्डमा अति बिपन्न लक्षित बर्गका महिलाहरु पहिचान गरि उनीहरुको लागि मात्रै भएतापनी सित्तैमा ब्यवस्थापन गर्ने गरि योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।

हरेल बिद्यालय, स्वास्थ्यसंस्था, किशोरी तथा महिलाहरु उपस्थित हुने सार्बजनिक स्थल वा कार्यालयहरुमा अपाङ्गता महिलामैत्री शौचालय र सेनेटरी प्याड अनिबार्य उपलब्ध हुन जरुरी छ । सार्बजनिक हितको लागी हरेक न्यायिक क्षेत्र, स्थानिय सरकार र सरोकार निकाय अत्यन्त गम्भीर हुन आबस्यक छ ।

“अपाङ्गता महिनावारी ब्यस्थापनलाई सहज र सरल बनाऔं,
महिनावारी सम्बन्धि गलत धारणा सधैंको लागि अन्य गरौ ।।”

✍️ दिपा देबकोटा, सिन्धुली

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १०:४७

प्रतिक्रिया दिनुहोस्