सिन्धुलीका प्रहरी प्रमुख कंडेल पुरस्कृत

१६ जेठ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कडेल पुरस्कृत हुनुभएको छ ।

स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटि रहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले प्रहरी उपरीक्षक विमलराज कडेललाई पुरस्कृत गरेको हो ।

एसपी विमलराज कडेललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गर्नुभएको हो । उक्त अवसरमा एसपी कडेलले सिन्धुली जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाउनु भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १२:३१

प्रतिक्रिया दिनुहोस्