कुनैपनी स्थानीय तहको नेतृत्व गर्न पाउनु राजनीतिक रूपमा अगाडि बढ्न खोज्ने एउटा व्यक्तिका लागि पर्याप्त अवसर हो । आफ्नो स्थानीय तहमा विकास र व्यवस्थापनको नमुना प्रदान गर्न सक्ने नेतृत्व आमनागरिक र सञ्चारक्षेत्रको प्राथमिकतामा पर्छ नै । त्यसैले स्थानीय निकायका प्रतिनिधिबीच विकास र सुशासनका मुद्दामा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो ।
हामिले एकपटक बिगतलाई हेरौं त हरेक स्थानीय चुनावका लागि कुनै पनि पार्टीहरूले केही नेताहरुलाई चुनावी घोषणापत्र लेख्न खटाउछन । तर, तिनै पार्टीहरूले घोषणापत्रलाई यति अविश्वसनीय र खोस्टो बनाइदिए कि घोषणापत्रमा कसले के लेख्छ भन्ने चासो नागरिकमाझ देखिँदैन ।
स्वयम् पार्टीका नेताहरूलाई यसको बोध नभएको हैन । त्यसैले त मानिसले विश्वास गर्न छोडे भन्ने निचोडका साथ घोषणापत्रलाई प्रतिबद्धतापत्र, प्रतिज्ञापत्र, संकल्पपत्र आदि नाम दिनुपरेको छ । ती पत्रमा यसैको कारणले त प्रतिज्ञा गर्छौं, कसम खान्छौँ, संकल्प गर्छौं, विश्वस्त बनाउँछौँजस्ता शब्दावली भर्नुपरेको हो होइन र ?
गाउँ वा नगरपालिका देशको आधारभूत एकाइ हो । यसको आफ्नै भुगोल र सिमाना छ । जलस्रोत, जमिन, जंगल, जनशक्ति, संस्कृति, भाषा र भौतिक संरचना छ । स्थानीय तह आफैँ अधिकारसम्पन्न छन् । जसले विकासको खाका कोर्ने र कार्यान्वयनमा लैजान सक्छन् । संविधानको परिधिभित्र रहेर आनो कानुन बनाउन सक्छन् । त्यसैले स्थानीय तहको सवलता र दुर्वलताले सिंगो देशलाई प्रभावित पार्छ ।
एउटा हुर्कदै गरेको कलिलो नेतृत्व जो स्थानिय सरकार बनेर हरेक नागरिकको घरदैलोमा पुग्छ । त्यस्ता यात्रामा उसका पसिना मात्रै चुहिएका हुदैनन । उसले संकल्प गरेका बाचा, प्रबिद्धता तथा हजारौं योजनाहरु पनि आमनागरिकको घरदैलोमा निहित हुन्छन ।
हलुको उमेरमा गह्रौ जिम्मेवारी
गोलन्जोर गाउँपालिका -२ बितिजोरका भर्खर/भर्खर ३१ बर्ष उमेरमा टेकेका दौलत कार्की । जो आफू २६ बर्षको हुँदा गोलन्जोर गाउँपालिका -२ को वडाध्यक्ष पदमा पहिलोपटक निर्वाचितका थिए । उनी नेपाली काङ्ग्रेसको चुनाब चिन्ह रुखबाट २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन ।
स्नातक तह अध्यन पूरा गरेका कार्कीले कलिलो उमेरमै स्थानिय तहमा वडाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । वडाध्यक्षको रुपमा मात्रै उनले काम गरेनन उनले गोलन्जोर गाउँपालिकाको प्रबक्ता भएर बिगतको पाँचबर्ष ब्यत्तित गरे । सामाजिक न्यायका निम्ति वकालत, विकास, सुशासन र सामाजिक रूपान्तरणका लागि समतामूलक समाज निर्माण गर्न सदैव लागी परेका कार्कीको त्यो जिम्मेवारी अत्यन्त उदाहरणिय बन्यो ।
लहैलहैमा लागेर राजनीतिमा जाने युवाको संख्या उल्लेख्य भए पनि बुझेरै संलग्न हुनेको संख्या भने निकै कम छ नेपाली राजनितिमा । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त बिरलै भेटिन्छन् । त्यस्तो एउटा उर्जा र आट भएका अनि बुझेर राजनितीमा संलग्न युवाहरु मध्येमा पर्छन दौलत कार्की ।
हामी सहभागितामूलक लोकतन्त्रमा छौं तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन । तसर्थ, अब आम युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ । ऊर्जाले साहस गर्छ, अनुभवीले सम्झौता गर्छ । अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने ? दौलत कार्कीको भनाइ छ ।’
उनको भनाइ त्यो मात्रै होइन कुनै राजनैतिक दलको चुनाब चिन्हमात्रै बिजयीको भागेदार बन्नसक्दैन उनी भन्छन मेहनत र लगनशीलता पनि राजनितिको लागी अपरिहार्य छ । उनी भन्छन म निर्वाचित भएको वडा भौगोलिक हिसाबले पनि अत्यन्त दुर्गम र बिकट वडा हो ।
अहिले पनि कतिपय समुदायमा बिजुली सडक खानेपानीको संरचना निर्माण भएका छैनन । तर, मेरो पहिलो कार्यकालमा यस्ता संरचनाको लागी पुर्वाधारहरु चाहिँ निर्माण गरेको छु । ती योजनाहरु सम्पन्न गराउनुपर्ने र वडाबासीलाई आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने जिम्मेवारी आफू सङ्ग सुरक्षित रहेको उनको भनाइ छ ।
किनकी यो जिम्मेवारी पूरा गर्नको लागी थप पाँच बर्ष आफुलाइ पुनः वडाध्यक्षको जिम्मेवारी दिएर वडाबासिले पठाएको उनी बताउछन । खुल्ला सोच, विनम्रता अनि साहससहित युवाले आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ भनेरनै यहाँका मतदाताले मलाई पुनः बिजयी गराएका हुन भन्ने उनको ठम्याइ छ ।
हालै सम्पन्न स्थानिय तहको निर्वाचन -२०७९ मा स्वयं कार्की दोस्रोपटक गोलन्जोर गाउँपालिका वडा -२ मा वडाध्यक्ष पदमा निर्वाचित भएका छन । उनले नेकपा एमालेका उम्मेदवार झम्कबहादुर कार्कीलाई पराजित बनाउदै आफू नेपाली काङ्ग्रेसबाट बिजयी बनेका हुन ।
१४५ मतान्तरले बिजयी बनेका कार्कीले ५८० मत प्राप्त गरे भने उनको निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार कार्कीले ४३५ मत प्राप्त गरि पराजय भोगे । त्यस्तै नेकपा माओबादी केन्द्रका उम्मेदवार यादब बहादुर थापाले जम्मा ६ मत मात्रै प्राप्त गरे ।
अबको पाँच बर्ष गाउँका श्रोत र साधनमा समानुपातिक सहभागिता जनाइ शिक्षा, स्वास्थ्य ,कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । वृद्ध, अशक्त, आश्रीतको लागि सामाजिक सुरक्षाको ब्यवस्था भाषा ,धर्म र सँस्कृतिको रक्षा, पानीको मुहान खोला, खोल्सा, नदिको संरक्षण लगायतको क्षेत्रमा रहेर उदाहरणीय काम गर्ने लक्ष रहेको उनी बताउछन ।
✍️ पुष्कर थापा









