समन्वय समिती सिन्धुलीमा प्रबक्ताको जिम्मेवारी खड्कालाई

सिन्धुली – जिल्ला समन्वय समितीको कार्यालय सिन्धुलीको आइतबार बसेको बैठकले समन्वय समितीको सदस्य पदमा निर्वाचित भएका उत्पल खड्कालाई प्रबक्ताको जिम्मेवारी तोकेको छ ।

समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा बसेको बैठकले खड्कालाइ प्रबक्ताको जिम्मेवारी तोकेको हो । खड्का समन्वय समितीको निर्वाचित खुल्ला सदस्य हुन । समन्वय समितिको सदस्यको उम्मेदवार मनोनयन गर्दा खड्का कमलामाइ नगरपालिका वडा नम्बर -६ को खुल्ला सदस्यमा अत्यधिक मतले निर्वाचित भएका थिए ।

सिन्धुलीमा चुनाबी गठबन्धन दल नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रबिच समन्वय समितीको निर्वाचनमा समेत गठबन्धन रहेको थियो । गठबन्धन दलका सबै उम्मेदवार समन्वय समितिमा निर्वाचित भएका थिए ।

समितीको प्रमुखमा माओबादी केन्द्रका कारसाङ लामा विजयी भएका छन् । लामाले १४ मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रतिद्धन्दी एमाले समाजवादी गठवन्धनका साझा उम्मेदवार सुर्य पाख्रीनले ४ मत मात्र प्राप्त गरेका थिए ।

यस्तै नेपाली काङ्ग्रेसबाट समितीको उपप्रमुखमा शान्ता कार्की विजयी भएका छन् भने सदस्यमा सुर्य बहादुर तामाङ, बहादुर तामाङ, उत्पल खड्का, महिला सदस्य पुष्पा कुमारी धामी, सुनिता कुमारी थापामगर, बालकुमारी मगर र दलित सदस्य तर्फ गोकर्ण सार्की विजयी भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १२:५८

प्रतिक्रिया दिनुहोस्