गोलन्जोर निति कार्यक्रम: क्रियाशिल पत्रकारको दुर्घटना बिमा गरिने

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सोमबार भाबी नीति तथा कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष संकरराज बरालले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना विमा गरिने बताउनु भयो ।

अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, “पत्रकार अन्जन राना स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरिने, रेडियो पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजनलाई आबस्यक अनुदानको ब्यबस्था गरिने लगायतका महत्वपुर्ण नीति तथा कार्यक्रमहरु संचार क्षेत्रमा उल्लेख गरिएको छ ।

सञ्चार पहुँचबाट बाहिर रहेका क्षेत्र पहिचान गरी आवश्यक स्थानमा टेलिफोन टावर विस्तारका लागि टेलिकम कम्पनीहरुसँग समन्वय गरिने,मुख्य मुख्य स्थानहरु खनियाखर्क , खुर्कोट पुल , खुर्कोट बजार , ग्वालटार , देउरालीटार, हैवार च्याकुटार , किराते, रानीखोला, कुभिन्डे, वगैँचा आदि स्थानहरुमा निशुल्क इन्टरनेट सेवा प्रदान गरिने लगायत स्थानीय सञ्चारमाध्यमहरु मार्फत पालिका भित्र रहेका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्वद्धन, विकृति विसंगति र कुरिति विरुद्ध जनचेतना जगाउने किसिमका लोककल्याणकारी सूचनाहरु प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाईने समेत उल्लेख गरिएको छ ।

पालिकाले सामाजिक विकास सम्बन्धि नितिको स्वास्थ्य सेवा तर्फ गरिव, मजदुर,तथा विपन्न निशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गरिने, सबै वडामा रहेका स्वास्थ्य संस्थालाई वर्थिङ सेन्टर सहितको थप सुविधा सहित विस्तार गरिने नीति लिइने गाउँपालिकाका अध्यक्ष बरालले बताउनु भयो ।

गोलन्जोर गाँउपालिकाको आवश्यक स्थानमा एम्बुलेन्स सेवा संचालन गरिने, एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन एकिकृत टेलिफोन सेवा संचालन गरिने, अस्पताल निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अगाडि बढाइने, प्रदेश र केन्द्र सरकार सँग समन्वय गरेर ५० शैयाको अस्पताल स्थापनाको लागि आबस्यक प्रक्रिया अगाडि बढाइने ,मुटु ,क्यान्सर र मृगौला रोगीलाई थप उपचार सहायता उपलब्ध गराइने, वडा स्तरबाटै प्रदेश र केन्द्रिय सरकारको समन्वयमा ४० वर्ष नाघेको नागरिकको रक्तचाप, अल्वुमिन र मधुमेह जाच गर्ने व्यवस्था मिलाइने, आयुर्वेदिक ,होमियोप्याथी एवं प्राकृतिक उपचार प्रणालीको विस्तार गरिनेछ , विपन्न दलित, अतिसिमान्तकृत, गरिवीको रेखामुनि परेका विपन्न समुदायलाई सामुदायिक अस्पतालमा उपचारमा २५ प्रतिशत छुटका लागि पहल गरिने अध्यक्ष बरालले बताउनु भयो ।

शिक्षा तर्फ गोलन्जोर गाँउपालिका क्षेत्रभित्र रहेका विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक अनुगमन, निरिक्षण र सुपरिवेक्षणको लागी गोलन्जोर गाँउपालिकालाई क्लस्टरमा विभाजन गरि श्रोत जनशक्तिको व्यवस्थापन कार्य गरिएको छ यसलाई थप व्यवस्थित गरिने ,सबै माध्यमिक विद्यालयमा गुणस्तरीय इन्टरनेट विस्तार गर्ने नीति लिइन,गोलन्जोर गाँउपालिका क्षेत्रभित्रका स्थानीय विषयवस्तुलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्यक्रमलाई ब्यबस्थित गर्दै प्रभावकारी कार्यान्वयन गरिने, बिद्यालय अभिभावक शिक्षा र प्रौढ शिक्षा कार्यक्रम संचालन गरिने, सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम वाट पठनपाठनलाई मावि तह सम्म विस्तार गरिने, पालिका भित्र हुने शैक्षिक , अतिरिक्त क्रियाकलापहरुमा संस्थागत र सामुदायिक विद्यालयहरुलाई समान सहभागिता गराइने लगायतका निति प्रस्तुत गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार , बालबालिकालाई बिद्यालयमा टिकाउने , सिकाउने र बिकाउने उदेश्यवाट प्रेरित भई पेशाबाट निबृत्त अनुभवी शिक्षकहरु प्रयोग गरी तालीम , गोष्ठी , सेमिनार लगायत कार्यक्रम संचालन गरि शैक्षिक गुणस्तर निर्माणमा जोड दिइने त्यस्तै शिक्षा प्रणालीलाई आर्थिक सामाजिक रुपान्तरणको संवाहक रुपमा विकास गर्नका लागि सबै तह एवं विधाको शिक्षामा समतामूलक पहुँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्वल व्यवस्थापकीय क्षमताको विकास, सामुदायिक एवं संस्थागत विद्यालय बीचको भिन्नताको अन्त्य, असल अभ्यासहरुको आदान प्रदान , शिक्षा क्षेत्रका “आशालाग्दा अभ्यास”र “प्रयास गरे परिवर्तन सम्भव छ”भन्ने मान्यता स्थापितका लागि शैक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाउँदै गोलन्जोर गाँउपालिकालाई शैक्षिक क्षेत्रको हबको रुपमा विकास गरिनेछ ।यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, समुदायको अपनत्व विकास, सघन र नियमित अनुगमन, समन्वयतात्मक प्रयासलगायत शिक्षा प्रणालीका स्थापित मान्यताका आधारमा शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने अध्यक्ष बरालले बताउनु भयो ।

संस्कृतिको प्रबद्र्धन तथा सामाजिक समाबेशिता तर्फ गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पोशाक , खाद्यान्न सामाग्री , बैंक खाता , निशुल्क जीवन बिमा र स्वास्थ बिमा , निशुल्क पाठ्य सामाग्री आदिको ब्यबस्थापन गरिने , संवैधानिक व्यबस्था अनुसार हरेक क्षेत्रमा महिलाको लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित हुने नीति लिइने “ महिला पुरुष बराबरी , विकास निर्माणमा समान जिम्मेवारी ” भन्ने नीति अनुसार बिकासको काममा ५० % महिला सहभागिता सुनिश्चित गरिने,एकल महिलाले कुनै पेशा व्यवसाय गर्न चाहेमा आवश्यक तालिम प्रदान गरि विना धितो बिना ब्याजको ऋण प्रदान गरिने ,महिलालाई सम्मान नै असल समाजको पहिचान भन्ने मान्यता स्थापित गरिने, हिसां पिडित र दैबी, प्राकृतिक विपत्ति पिडित महिलाका लागि आवश्यक तालिम प्रदान गरि विना धितो बिना ब्याजको रिण प्रदान गरिने निति ल्याएएको छ ।

आर्थिक विकाससम्बन्धि नीतिको तर्फ कृषि गोलन्जोर गाँउपालिकाको निती अनुसार एक वडा एक कृषि उत्पादन कार्यक्रम संचालन गरिने, व्यवसायिक रुपमा काम गर्ने किशानलाई गोलन्जोर गाँउपालिकाको सम्मान ः सबै किशानलाई उत्पादनको आधारमा अनुदान, नीति अबलम्बन गरिने छ । यसको लागि श्रोत सुनिश्चित गरिने, बाझो जमिनमा तरकारी तथा फलफुल खेति गर्ने किसानहरु लाई प्रोत्साहन गरिने,गोलन्जोर गाँउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने नीति लिइने ,कृषिलाई आत्मनिर्भर बनाउन कृषकहरुको मागको आधारमा कृषि यान्त्रिकिकरणहरु मिनि टिलर,धान झार्ने थ्रेसर, आलुको ड्याङ्ग बनाउने मेशिन तथा सिंचाइको व्यबस्था गरिने तरकारी खेतिलाई व्यवसायिकिकरण गर्न बिना धितो बिना व्याज प्रोत्साहन गरिने, त्यसको लागी गोलन्जोर गाँउपालिकाको कृषि शाखा बाट प्रभावकारी प्रविधि र गुणस्तरीय विउ विजनको समेत वितरण गरिने,धान,मकै,आलु आदिमा विउ विजनमा ५०% अनुदान दिइनेछ । . पशु सुत्केरी भत्ता दिइने,गोठ तथा खोर सुधार कार्यक्रम संचालन गरिने,. पशुधन क्षति हुनबाट बचाउनको लागि माहामारी रोग विरुद्ध खोप कार्यक्रम संचालन गरिने जनाइएको छ ।

उद्योग-वाणिज्य तर्फ बेरोजगार युवा , वैदेशिक रोजगारमा गई स्वदेश फर्केका युवाहरुलाई साना तथा मझौला उद्योग व्यबसाय संचालन गर्न आवश्यक पर्ने सीप, पूँजीको प्रबन्ध गर्न युवा स्वरोजगार कार्यक्रम संचालन गरिने,जुनार प्रसोधन उद्योग स्थापना स्थानीय बजारमा स्थानीय जुनार बाट नै उत्पादन गरिएका बस्तुहरुलाई प्रोत्साहन गर्ने नीति लिइने ,गोलन्जोरको महाभारत क्षेत्रमा सहकारी मार्पmत पिउने पानी उद्योगको सचांलन गरिने, स्थानिय उत्पादनमा आधारित उद्योगको विकासको लागि आवश्यक कार्यक्रम संचालन गरिने,कलामा आधारित उद्योगको विकासको लागि ठेकी, औजार , फर्निचर उद्योगलाई प्राथमिकतासाथ प्रवद्र्धन गरिने,शैक्षिक वेरोजगारहरुलाई साना तथा मझौला उद्योग÷व्यबसाय संचालन गर्न आवश्यक पर्ने सीप, पूँजीको प्रबन्ध गर्न गोलन्जोर गाँउपालिका स्वरोजगार कार्यक्रम संचालन गरिने, लघु तथा घरेलु उद्योगहरुको तथ्याङक संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसको प्रबद्र्धन र विकासमा जोड दिइने कार्य गरिने, गोलन्जोर गाँउपालिका क्षेत्र भित्र ढाका उद्योग संचालन गरिने ,गोलन्जोर गाँउपालिका औधौगिक क्षेत्र तोकीनेछ । औधौगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीलाई विशेष सहुलियत कार्यक्रम संचालन गरिने ,कृषिमा आधारित उद्योग÷व्यबसाय स्थापना र संचालनमा प्रोत्साहित गर्न कृर्षि उद्योग दर्ता, नविकरण गर्दा लाग्ने शुल्क र आयमा लाग्ने करमा छुट दिने नीति अवलम्बन गरिने निति ल्याइएको छ ।

पर्यटन तर्फ गोलन्जोर गाँउपालिका क्षेत्रका सबै पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्दै जाने कार्य गरिने, गोलन्जोर र ल्यानद्रयाङ डाडामा पर्यटक आकर्षण गराइ आन्तरिक आम्दानीको बढाउन आबश्यक गुरुयोजना निर्माण गरि काम अगाडि बढाइने,साहसिक पर्यटन , पिकनिक स्पोट , र दृश्याबलोकनका लागि आबस्यक पुर्बाधार निर्माण गरिने, प्याराग्लाईडिड, क्यानोइङ, साईक्लिङ, ¥याफ्टिङ्ग जस्ता साहसिक पर्यटनलाई सहयोग पुग्ने खालका पूर्वाधार विकास एवं प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिने, भित्रका धार्मिक स्थलहरुको थप भौतीक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइ आकर्षक पर्यटकिय÷धार्मिक स्थलको रुपमा विकास गरिने कार्यको थालनि गरिने लगायतका निाति सार्बजनिक गरिएको छ ।

सहकारी तर्फ सहकारीको मुख्य काम स्थानीय उत्पादनको खरिद गरि बजारमा बिक्रि बितरण गर्ने ,किशानले उत्पादित सम्पुर्ण बस्तुहरु खेर जान नदिन सहकारी मार्फत किन्ने ब्यबस्था मिलाइने ,स्थानीय तहमा सञ्चालित सहकारी संघ÷संस्थाहरुको सहभागितामा सहकारी गोलन्जोर गाँउपालिका स्तरिय सहकारी सञ्जाल गठन गरी सहकारीका कार्यक्रम सञ्चालन गरिने, वित्तीय सेवा तथा प्रविधिको पहुँच बिस्तार गर्न सहकारी शिक्षा तथा तालिम संचालन गर्न आवश्यक बजेट बिनियोजन गरिने जनाइएको छ ।

रोजगार प्रवद्र्धन तथा गरिवी न्यूनीकरण तर्फ स्वस्थ मजदूर , स्वच्छ श्रम लाई आत्मसाथ गर्दै श्रमीक र मजदुर विमा गरिव श्रमीक र मजदुरको परिवारस्वास्थको पँहूच पू¥याइने छ । श्रमीक र मजदुर विमा गरिने वेरोजगार युवा लक्षित कार्यक्रम अन्तर्गत २०० जनालाई लोकसेवा तयारी कक्षा , मागको आधारमा आवश्यक विभिन्न छोटो अबधिका तालिम संचालनका लागि आबश्यक बजेट बिनियोजन गरिने, गरिव श्रमीक र मजदुरका छोराछोरीलाई शिक्षाको पहूँच पू¥याउने उद्धेश्यले आवासिय बिद्यालय मार्फत निशुल्क पठनपाठनको व्यवस्था गरिनेछ ।

प्राविधिक र उच्च शिक्षा अध्ययनमा सहयोग गरिने,गोलन्जोर गाँउपालिका भित्र बसोबास गर्ने विपन्न तथा गरीबहरुको तथ्याङ्क संकलन गरी अभिलेखिकरण गरिने,गरिवी निवारणको लागि संघीय एवम प्रदेश सरकार सँग आवश्यक समन्वय गरी विभिन्न कार्यक्रमहरु संचालन गरिने कार्यलाई निरन्तरता दिइने निति प्रस्तुत पालिका अध्यक्षले प्रस्तुत गर्नुभएको छ ।

पुर्वाधार विकास नीति तर्फ गोलन्जोर गाँउपालिका समग्र विकासको योजनाको लागि गोलन्जोर गाँउपालिका को वस्तुगत विवरण सहितको गोलन्जोर गाँउपालिका पाश्र्वचित्र तथा विकास योजना तयार गरिने, शहरी क्षेत्रका बस्तीस्तरका सडकहरुमा कालोपत्रे गर्दा हरियाली प्रर्वद्धन कार्यक्रमलाई टेवा पु¥याउने गरी वृक्षारोपण कार्यक्रमलाई समेत लागत स्टमेटमा समावेश गरी योजना सम्झौता गर्ने प्रणालीको बिकास गरिने, गोलन्जोर गाँउपालिका भर निर्माण हुने भौतिक पूर्वाधारको गुणस्तर कायमका लागि निर्माण सामाग्री परिक्षण प्रयोगशाला स्थापना गरिने पोखरी खानेपानीको मुहान संरक्षण गर्ने नीति अबलम्बन गरिने बताइएको छ ।

भौगोलिक विकटताले खानेपानीको कठिनाइ उत्पन्न भै रहेको परिस्थितिलाई मध्यनजर गर्दै हालसम्म वितरित खानेपानी योजना , इनार , पाइप र मोटरको हालको अवस्थाको वस्तुनिष्ट बिष्लेषण गरिनेछ । सहज र दिगो खानेपानीको पहुँचकालागि पाइप पुर्ने र इनार ढाक्ने लगायतका कार्य गर्ने नीति लिइने, ट्राफिक ब्यबस्थापन सहजका लागि मुख्य मुख्य स्थानहरु खनियाखर्क , खुर्कोट पुल , खुर्कोट बजार , ग्वालटार , देउरालीटार , च्याकुटार आदि स्थानहरुमा सडक सौर्य बत्ती , सवारी गणना , नाइट भिजन सहित सिसि क्यामेरा जडान गरिने लगायतका निति प्रस्तुत गरिएको छ ।

भुमिसुधार सम्बन्धि नीति तर्फ नेपाल सरकारद्वारा घोषित जमिनको १० बुदे वर्गीकरणको नीतिलाई कार्यान्वयन गरिने,दलित सुकुम्बासी अव्यवस्थित बसोबासिहरुलाई नियमानुसार जग्गाधनी प्रमाण पुर्जा दिने ब्यबस्थाको लागि राष्ट्रिय भुकी आयोग संग समन्वय गरि काम अगाडि बढाइने,समयानुकूल जमिनको मुल्य निर्धारण कार्यलाई अघि बढाइने निति गाउँपालिकाका अध्यक्ष बरालले सार्बजनिक गर्नुभएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०५:२१

प्रतिक्रिया दिनुहोस्