हात्तीको आक्रमणले स्थानियमा त्रास: सजग रहन मेयर पोखरेलको आग्रह

सिन्धुली – हरितालिका तिजको लागी एक मुरि धान कुटेर राखेको चामल हात्तिले खाइदिएपछी पुर्णबहादुर मश्राङ्गीको परिवारलाई अहिले तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको छ ।

तिजको लागी जोहो गरेको एकबोरा चामल र पाँच बोरा धान मध्यरातमा आएर घरको एक पाखो नै भत्काइ खाइदिएपछी उनको परिवारलाई तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको हो ।

मश्राङ्गीको परिवारमात्रै होइन सोही समुदायका छिमेकी बालानन्द बरालको पनि आइतबार राती करिब दुई कठ्ठा क्षेत्रफलमा लगाएको धान उखेलेर र माडेर हात्तिले सखाप बनाइदिएको छ ।

एकहक्तर बर्षिया बराल भन्नुहुन्छ राती सुतिराखेको बेलामा तिनओटा हात्ती आएर खेतमा भर्खर मलजल गरि हरियो भएको धान सबै माढिमैदान गरेर सखाप बनाइदियो । म त आँखा देख्दिन राती हात्ती आयो भनेर सबैले हल्लाखल्ला गरेपछी थाहा भयो ।

बरालले हातीले माडिमैदान पारेको धान अब सखाप भयो उचित क्षतिपूर्ति नगरपालिकाले गरिदिए हुन्थ्यो । कमलामाइ नगरपालिका -९ सानोभलुवाइ कि सीता परियारको पनि गएराती एकै समयमा घर र भान्साकोठाको एकपाखो भत्काइदिएको छ ।

हातीले घर भत्काइदिएको खबर स्थानियले गरेपछी कमलामाइ नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले सोमबार दिउँसो स्थलगत निरीक्षण गर्नुभएको छ । अनुगमनको क्रममा पाँच घर आंशिक रुपमा भत्काइदिएको र केही अन्नबाली र घरमा राखेको अन्न नोक्सान गरेको उहाँले बताउनुभयो ।

हात्तीले नोक्सान गरेको एकिन बिबरण सम्बन्धित वडालाइ तत्काल सिफारिस गर्न निर्देशन दिदै उचित क्षतीपुर्तीको लागी नगरपालिकाले सहजीकरण गर्ने मेयर पोखरेलले बताउनुभयो । हात्तिको आक्रमणले पुर्याएको नोक्सानिको नगरपालिकाले वडाको सिफारिसमा तत्काल राहत उपलब्ध गराउने र अन्य सम्बन्धित निकायको सहयोगको लागी नगरपालिकाले सहजिकरण गर्ने बताउनुभयो ।

धेरै समय अघिदेखी हात्तीको समस्या उस्तै रहेकोले यसको न्युनीकरणको लागी नगरपालिकाले अन्य सम्बन्धित निकायसंग के कस्तो सहकार्य र समन्वय गर्न सकिन्छ त्यसको लागी आबस्यक पहल नगरपालिकाले गरिरहेको मेयर पोखरेलको भनाइ छ ।

स्थानियलाइ थप सजग रहन र हात्तीको आक्रमणबाट कुनै मानबिय क्षती नहोस भनेर हरेक समय संयमीत रहन पनि स्थानियलाई मेयर पोखरेलले अनुरोध गर्नुभयो । त्यस्तो कुनै अफ्टेरो परिस्थिती आए वडा अध्यक्ष, प्रहरी कार्यालय तथा नगरपालिकालाई खबर गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार १३:४०

प्रतिक्रिया दिनुहोस्