गाेलन्जाेर गठबन्धनकाे भित्री गुह्य

नेपालको संविधान २०७२ अनुसार सार्वभौम सत्ता नेपाली जनतामा निहीत छ, भन्ने कुरा स्पष्ट व्यवस्था गरेको छ । संविधानको प्रद्धत्त अधिकार अनुसार स्थानीय,प्रदेश र संघीय निर्वाचन गरी संविधानको कार्यन्वयनमा लागेको देखिन्छ ।

नीति, विचार,सिद्धान्त र गन्तव्यको द्रष्ट्राविहीन वर्तमान सत्ता केन्द्रित गठबन्धले जनतामा निराशा, व्यवस्थाप्रतिको बितृष्णा र निर्वाचनले जनतामा उत्साह स्थापित गर्न सकेको देखिदैँन । गठबन्धनले स्थानीय निर्वाचनामा अनगिन्ती समस्याको चाङ बुन्दैँ केन्द्रीय स्तरदेखि जिल्ला तहसम्मका नेताले गठबन्धन सफल हुन नसकेको भन्ने अभिव्यक्ति प्रवाह गर्ने नेता नै अहिले उमेद्वार छन् ।

उनै अहिले कसिलो बनाउने तर्फ उद्धत्त देखिन्छ । राजनीतिक मोही पार्ने घुर्राेले हो कि ? मदानी हो ? यी दुईको उचित संयोजन भएन भने मन्थनबाट चिल्लो पदार्थ निस्किदैन । कहिले मदानी फुकाल्ने र कहिले नेती काट्ने पद्धतिले भाषामा चिल्लो बनेको गठबन्धन विचार, सिद्धान्त, नीतिले नाङ्गिएको नौटङ्की नाचँ जस्तो देखिन्छ ।

नौटङ्कीको प्रकरणको प्ररकरणार्थ गोलन्जोर गाउँपालिकाको गठबन्धनलाई स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अभियान मंसिर चारको निर्वाचनका दौडमा देखिएको तथ्य र प्रमाणित आधारहरुले गोलन्जोर निर्वाचन परिणाममा संयाेगको बिरोधाभास बनेको तथ्य परिचालन गर्ने संयन्त्र नै गठबन्धन रेहेको स्पष्ठ देखिन्छ ।

संयन्त्रको परिचालन तन्त्रको साँचो आफैमा राखेर भोटे ताल्चा लगाउने पद्धति गोलन्जोर वासी राजनीतिक चेत र चिन्तनको रित्तो भाडोको कसिलो बिर्को पनि हो । गठबन्धन नगर्ने र आफ्नै पार्टी सबै सक्रिय रहदा पार्टीले सुविधाजनक बहुमत सहित चुनाव जित्नेमा ढुक्क थिए तमाम नेता कार्यकर्ता त्यो भन्दा विश्वस्त मतदाता र जनतामा उत्साह देखिन्थ्यो ।

त्यो स्पष्ट देखेका गोलन्जोरले नयाँ फम र उत्साहमा राजनीतिक लैजदा अलि एकल पथयी राजनीतिक केन्द्रित थियो । एकल पथीय राजनीति र यात्रा दुबै घातक हुन्छ । त्यो इतिहासका कयौँ घटना र परिर्वनमा पढ्न र देख्न पाइन्छ । आफैमा भरिलो काङ्ग्रेस उत्साहित कार्यकतामा परिचालित नेतृत्वको पटक पटक आँखालाग्दा आफै खिक्रिक्क परेको छ, गोलन्जोर काङ्ग्रेस ।

स्थानीय निवार्चनमा मतदाता र कार्यकरताले नचाहेको गठबन्ध गर्ने बाध्यताले काङ्ग्रेसी जनमा निराशा पैदा गरायो । वौद्धिक जगतले निकै मन्थन गरौँ, बाध्यताले बनाएको बन्धनको अन्त्य गर्ने सामर्थ्य थिएन, विकल्प पनि थिएन । निर्वाचनको लगाम माओवादीलाई दिएर काङ्ग्रेस चुनावको घोडा दौडमा निस्कियो ।

घोडाको लगाम भए परिणम निस्किथ्यो,गधालाई लगाम लगएकोले परिणाम उल्टिएर आयो । हामी जस्ता तमाम व्यक्तिले परिणामको शुभ सङ्केत गरेन भनेर पटक पटक प्रयत्न गरेैँ । दीग्भ्रमितमा मस्त कार्यकर्ता भ्रममा राखेर गधालाई सत्यको भारी सवार गर्न लागाउनु नै विश्वास घात थियो ।

लोकतन्त्रमा जनताको मतको र विश्वास दुबै हेरिन्छ । विश्वासहीन गठबनधनमा सहिद बशिष्ट कोइराला प्रति निर्मम हत्याको कहिल्यै नमेटिने घाउलाई छोपेर गठबन्धनको हसिया हथौँडामा मत मात्रै हालिएन मज्जैले मत पनि मागियो जित सुनिश्चितको आधार निर्माण भए पछि आफ्नैको योजनाको मुख्य योजनाकारको संयन्त्रलाई नै जिताउने र आफ्नो उमेद्वार र उमेद्वारको पक्षधर रहेका वडालाई हराउने जालोको नाचँ पत्तो नै पाएन गोलन्जोरले ।

परिणामको अशुभ सङ्केतको चित्रात्मक दरिलो आधार वडा टिकट वितरण र अराजकले सङ्केत गरिएको थियो । त्यसमा बहस र छलफल गर्ने समय थिएन । अपेक्षा नगेको भएपनि अनुमान लागेको परिणामको विश्वसनीय आधार वडा नं. २ ले स्पष्ट पारेको थियो ।

शङ्काको घेरालाई वडा नं. १ परिणाम जातीयतामा गयो, ३ नं. को परिणम भौगोलिकता र आप्रवासमा गयो , वडा नं. ७ को परिणाम पक्षधर अपमानमा गयो । वडा नं. ६ को साख जोगाउन हम्मे हम्मे परो तै पनि मित्रवत प्रतिस्पधार्लले उच्च अदालतमा पेशी धानी रहेको छ ।

वादी र प्रतिबादीले पनि गठबन्धन गरे, तै पनि उच्च अदालतले गिज्जाइरहेको छ । स्थानीय निर्वाचनको परिणाम पाँच वर्षपछि उल्टाउनेमा विश्वस्त थियौ, हामी पङतिकाहरु । तर निर्वाचन पछिको गतिविधिले निर्वाचनको सङ्केत संयन्त्रभन्दा पनि व्यक्तिवादी छ भन्ने अनुमान गरियो । नेतृत्वलाई प्रश्न पनि तेर्साइयो ।

निर्वाचन प्रक्रिया मै रहेको कार्यपालिकाको पहिलो बैठक तिनैले हाम्रो प्रतिनिधिलाई रुन्चे बनाएर निर्णय उल्टाए हाम्रो मतले जितेकोले हामी लाई नै दुखदिने भन्ने ठूलो आक्रोसको ज्वाराभाट थियो । त्यो सेलाउन नपाउर्दैँ काङ्ग्रेसको पक्षधर भनेर गनी गनी अपाङ्गको बैशाखी भाचीदिए, आमा विहीन बहिनीको पिढीमा बसेर नातीनीले दुःख गरेर छाक टार्ने जाेहाे गर्ने हजुरआमनकाे गास खोसियो , कयौ व्यक्तिको चुलो निभ्ने गरी प्रतिशोध थपियो ।

त्यस पछि लगातार आन्दोलन गर्ने घोषणा गरो पार्टीले नबौँ दिनसम्म आन्दोलन गर्यो । आन्दोलन त यती पेचिलो बनोकि पार्टीभित्रैका आन्दोलन दवाउन सक्रिय देखिए त्यसले स्पष्ट बनायो पार्टी हार्नुको मुख्य गुह्य पक्ष उजागर गर्यो । नेताले सर्मथन छ भने आउने प्रतिबद्धता दिए भाका दिए तर आएनन् उक्साए र सिध्याउन लागेका रहेछन भनेर झन बलियो बनायो शङ्काको घेरा ।

शङ्काको घेराले उनेको मालामा वडा नं. १ मा चुनाव प्रचार प्रसारमा तिनै काङ्ग्रेसको मतले जितेका तिनैबाट कार्यकर्ता र मतदातालाई स्खलित गरी गठबन्धन गर्ने सँग कसिलाे गाठाेँ कसिदा गाेलन्जाेर काङ्ग्रेसको हासाे अड्किएकाे छ ।

त्यति मात्रै नभइ नजिकको पारिवारिक सम्बन्ध प्रष्फुटित गर्दै अझ बलियो छ , हिजाेदेखि नै भन्नुले राजनीतिक रुपको गुह्य अनुत्तरित प्रश्नको संयन्त्रको सार रुप छर्लङ्ग छ । हामी महाभारको युद्धको सकुनी रुपमा जानकार पद्धतिले वीर बरबरिकको मिथ्याबादले धानको गठबन्धनको यथार्थ जस्तै कसिलो गाठाेकाे गाठ गुह्य छर्लङ्ग छ । ✍️ गणेश कोईराला, गोलन्जोर -६

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०५:२९

प्रतिक्रिया दिनुहोस्