ब्यबस्था त बदलियो तर अवस्था बद्लिएन : मतदाता

सिन्धुली – मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्थामा भने अहिलेसम्म खासै कुनै परिवर्तन नभएको मतदाताहरु बताउछन ।

तिनपाटन गाउँपालिका – ९ आम्बोटेका दिनानाथ पोखरेलले ब्यबस्थाको बिरुद्द आफुले धेरै पटक मत हालेको अनुभव सुनाए । ब्यबस्था परिबर्तन त भयो तर, नागरिकको अबस्थामा भने कुनै परिबर्तन नभएको उनको गुनासो छ । उनी भन्छन, ‘देशभरका सामान्य नागरिकको सडक संघर्षबाट आएको लोकतन्त्रमा नेता तथा दलनिकट केही व्यक्तिले मात्रै फाइदा लिएको र सर्वसाधारणले भने परिवर्तनको अनुभूति नै गर्न पाएका छैनन । उनले आफ्नो अनुभव सुनाउदै भने, ‘ तर यता मतदातालाई भने व्यवस्था परिवर्तनसँग कुनै सरोकार छैन । 

उनको भनाइ अनुसार केही मतदाताबाहेक धेरैलाई व्यवस्था परिवर्तन पछि के–कस्ता विकास भए अनि केमा असर गर्‍यो भन्ने सरोकार नै छैन । उनीहरूका लागि घर-आडैमा मोटरबाटो, आँगनमा धारा, नजिकै उच्च शिक्षा, बिरामी भए औषधोउपचार महत्वपूर्ण परिबर्तन हो, त्यो हुन नसकेको उनको भनाइ छ ।’

देश संघीय संरचनामा गएपछि यहि मङ्सिर ४ गते दोस्रो पटक निर्वाचन हुँदैछ । तीन तहको सरकारमध्ये स्थानीय तह केही पहिला र प्रतिनिधिसँगै प्रदेश सभाको निर्वाचन केही ढिला तर एकै पटक हुँदै आएको छ । २०७४ सालमा भएको निर्वाचन भएको पाँच वर्ष पुगेपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो भने, मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । 

उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन गाउँ गाउँमा छन् । उनीहरूको एक हातमा झण्डा, अर्को हातमा घोषणा-पत्र हुन्छ । भेटेका जतिलाई उनीहरूले हातमा भएको प्रतिबद्धता-पत्र थमाईदिन्छर र आफ्नो पार्टीलाई मत माग्छन ।

उनीहरूको घोषणा पत्रमा जितेपछि विकासकै काम गर्ने लेखेको देखेपछि केही मतदाता ठीकै रहेछ भनेर समर्थन गर्ने आश्वासन दिन्छन भने केही मतदाता सधैंका आश्वासन मात्र हो भन्दै कड्किन्छन् । 

सिन्धुलीमा दुई संघिय निर्वाचन क्षेत्र र चार प्रदेश छन । सबै प्रदेश तथा संघीय निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी राम्रै चलेको छ । उम्मेदवारहरूको घोषणा पत्रमा धेरै मतदाताहरूको चित्त बुझाई छैन ।

तिनपाटन गाउँपालिका – ११ चकमकेमा नेकपा एमालेबाट संघीय सांसदको उम्मेदवारी रहेका प्रदीप कुमार कटुवालले एक हातमा एमालेको घोषणा पत्र लिदै उम्मेदवारले आयोजना गरेको कोणसभामा कुर्लिंदै भाषण गरिरहेका थिए।

“उनले भने, सिन्धुली सदरमुकामबाट पुर्बी ब्यापारिक केन्द्र चकमके जोड्ने सडक र चकमकेबाट- आम्बोटे हुँदै जाने सडक कालोपत्रे आफ्नो प्रतिबद्धता-पत्रमा पहिलो प्राथमिकतामा राखेको छु । “

तर, उक्त चकमके जोड्ने बाटो वर्षौंदेखि अलपत्र परेको भन्दै स्थानिय अहिले चरम असन्तुष्टिमा छन । ‘ उक्त सडकको लागि पनि अब मत परिवर्तन गर्नुपर्ने देखियो, ‘एक चुनाबीसभा सुनिरहेका स्थानियले भने, ‘उहाँलाई दिएको १ भोटले अझै ५ वर्ष सडकको स्थितिमा परिबर्तन नहुने निश्चित छ ।’

उहाँ प्रदेशको माननीय हुँदै गर्दा गएको ५ बर्षमा पनि सडक अलपत्र छ । तसर्थ, उहाँलाई फेरि माननियको भोट दिन हामिले सुहाउदैन उनको भनाइ छ । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको बर्षौ भइसकेको छ ।

साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलव ५ सय ६० किलोमिटर सडकको निर्माण कार्यले अहिलेसम्म गति लिन सकेको छैन् ।

समयमै सडक निर्माण नहुँदा सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टार चकमकेसम्म आवागमनमा समस्या भएको छ । तर, पहिलो खण्डको सडक सम्झौताको म्याद २०७९ असार २५ मै सकिसकेको छ ।

उक्त सडक पिच गर्ने गरी प्रक्रिया अघि बढाएको बाटो अपलत्र भएपछि उनि संगै अन्य स्थानीय आक्रोशित छन् । दलहरूको चुनावी घोषणापत्र हेर्दै अर्का स्थानियले पनि असन्तुष्ट व्यक्त गरे । उनले भने, ‘यिनीहरूले केही गर्दैनन् । यो घोषणापत्रको कामै छैन । ठूला सपना देखाएर के गर्ने ? यसरी धुलो खाएर बस्न बाध्य भएका छौं, बर्खामा गाडी चिप्लिएर घर आइपुगिन्छ कि पुगिन्न ठेगान हुदैन ।’

सहरी क्षेत्रका मात्र हैन, ग्रामीण भेगका मतदाता पनि भोट माग्न आउने उम्मेदवारलाई यतिखेर बाटो, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य राम्रो हुनुपर्ने माग गरिरहेका छन् ।

उनीहरूलाई विकास चाँडो चाहिएको छ । तर, व्यवस्थाप्रति मतदाताको चासो कमैको छ । देश संघीय संरचनामा गइसकेर स्थानीय, प्रदेश र संघ सरकार गरी ३ तहको सरकार बनेको धेरैलाई पत्तो छैन ।  

राज्यको स्रोतसाधनमा पहुँचवालाको मनोमानी, कुशासन, भ्रष्टाचार, महँगी कालोबजारी नातावाद, कृपावाद र बेथिति मौलाउँदा जनताको लोकतन्त्रप्रतिको विश्वास घट्दै जाँदा मतदाता घोषणापत्रको सपनामा मात्र रमाउन थालेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ०८:२८

प्रतिक्रिया दिनुहोस्