लकडाउनमा पार्टिप्यालेस: बैंकको किस्ता तिर्न बैंकबाटै ऋण

सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे ।

सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे ।

अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए ।

पार्टी प्यालेस सिन्धुलिमा पहिलो भएकोले एक त यसको संचालन नै चुनौतीपूर्ण त थियो नै सङ्गै यस क्षेत्रको लगानी समेत खेर जाने चिन्ता थियो ।

पहाडिले यी दुबै चुनौतिलाइ आत्मसाथ गर्दै सिन्धुलिको मेगा बैंक नेपाल लिमिटेड बाट ६ लाख रुपैयाँ ऋण लिएर सामान्य ढंगले पार्टी प्यालेस शुरु गरे ।

पार्टी प्यालेसका सञ्चालक पहाडीले पार्टी प्यालेस सञ्चालन गरेको अहिले ६ वर्ष भयो । व्यवसाय सञ्चालन गरेदेखि अहिलेसम्म उनले खासै ठूलो समस्या भोग्‍नुपरेको थिएन। 

२०७२ सालमा भूकम्प र नाकाबन्दीले केही समस्या भोगेपनि पूरै सिजन खेर गएको थिएन् । तर, यतिबेला कोरोना महामारीका कारण पार्टी प्यालेसको पूरै सिजन खेर गएको उनको भनाइ छ । 

भने, “पार्टी प्यालेसको मूख्य सिजन मंसिरदेखि जेठसम्म हो। यही ६/७ महीनाको सिजन खेर जाँदा धेरै समस्या भएको छ।”

चैत ११ गतेदेखि भएको लकडाउनका कारण यतिबेला व्यवसाय पूर्णरुपमा ठप्प छ। पार्टी प्यालेस शुरू गर्दा पहाडिले ६ लाख रूपैयाँको लगानी गरेका थिए ।

संचालकले व्यवसाय बढ्दै गएपछि लगानी थपेर २ करोड भन्दा माथी पुर्‍याइसकेका छन् । हरेक सिजनमा ४०/५० लाख रुपैयाँको कारोबार हुने गरेकोमा यो सिजन सुख्खा भएको उनले बताए । 

अहिले उनले पार्टि प्यालेसको प्रयोजनको लागि खरिद गरेको गाडी र पार्टी प्यालेस संचालनको लागि बैंकसंग लिएको ऋणको ब्याज सहित गरेर मासिक बैंकलाई करिब २ लाख किस्ता बुझाउनु पर्छ ।

किस्ता बुझाउनलाई समस्या भएपछी अहिले पुनः बैंकसंग ६ लाख ऋण लिएर किस्ता बुझाइरहेको छु -पहाडी भन्छन ।’

यस्तै, कमलामाइ नगरपालिका -६ धुराफाटमा रहेको कमलामाइ पार्टी प्यालेसका सञ्चालक लालबहादुर बुढाथोकीले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए।

अंकपत्रसँग कुरा गर्दै उनले भने, “हामिले सिन्धुलिमा २०७६ बैशाखबाट चार जनाको सयुक्त लगानिमा कमलामाइ पार्टी प्यालेस संचालन गर्यौ ।

सबैले ब्यक्तिगत रुपमा बैंक तथा सहकारिबाट ऋण लिएर शुरु गरेको ब्यबसाय अहिले निल्नु न ओकल्नु जस्तो भएको छ ।

प्यालेसका संचालकले कर्मचारीलाई तलब खुलाउनदेखि बैंकको ऋण तिर्न समस्या भइरहेको बताए । भने, “यो वर्षको सिजन पनि खेर गयो भने व्यवसायबाट पलायन हुनुबाहेकको विकल्प छैन।”

लकडाउनका कारण यतिबेला यी सबै पार्टी प्यालेसमा श्रम गर्ने श्रमिक त बेरोजगार बनेका छन् नै जिल्लाभरको पार्टी प्यालेसमा गरिएको करोडौं लगानी डुब्ने जोखिम पनि बढ्दो छ । 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १३:५०

प्रतिक्रिया दिनुहोस्