सिन्धुली – बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जिल्लाको संस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटनको पुर्वाधार निर्माणमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सिन्धुलीको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “पर्यटन व्यवसायीको हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई मैले गम्भीरताका साथ लिएको छु”, उनले भने । पर्यटन प्रवद्र्धनका लागि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने पनि उनले विश्वास दिलाए ।
कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन र व्यवसायीमैत्री पर्यटन ऐन निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको नेपाली काङ्ग्रेस जिल्ला सचिव इस्वरकुमार बस्नेतले बताए । सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उनको भनार्इ थियो ।
पर्यटनमैत्री ऐन कानून नबन्दा कतिपय पर्यटकीय गतिविधि अगाडि बढाउन समस्या भएको जनाउँदै प्रदेश सरकारले पर्यटनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने सहभागीले बताएका थिए ।









