बिगत लामाे समय देखि विभिन्न कारणले गर्दा राेकिरहेकाे स्ववियु निर्वाचन पुन: गराउन सम्पूर्ण बिद्यार्थी संगठनले प्रस्ताव गरेपछि साेहि निर्वाचन चैत पाँचमा गराउन अनुमति पाएकाे छ त्याे सर्ला नसर्ला आफ्नो ठाउँमा छ । सम्पूर्ण बिद्यार्थीमा एउटा छुट्टै खुसियाली छाएको छ । हामीले हाम्रो नेतृत्वमा अब एउटा असल लिडर छान्न पाउने भयौ भनेर ।
अहिले धमाधम निर्वाचन काे तयारी हुदैछ। विभिन्न बिद्यार्थी संगठनले कक्षा कक्षा क्याम्पस क्याम्पसमा गई एकाइ संगठन बिस्तार गर्दै छन भने, निर्वाचनकाे तयारीका लागि केन्द्रीय स्तर देखि नै काम बिभाजन गरि सभ्य र भव्य बनाउने तयारी मा अहिले विभिन्न बिद्यार्थी संगठन लागि परेका छन । याे देख्दा हामी नेपाल भरिका बिद्यार्थी खुसि छाैँ सँगसँगै दुखी पनि । विद्यार्थी संगठनहरू विद्यार्थीको हक/हितभन्दा विशुद्ध दलका भातृ संगठनमै सीमित भएको प्रस्ट हुन्छ ।
त्यसो त, विद्यार्थी संगठनहरूको ऐतिहासिक पृष्ठभूमिमा फर्कने हो भने यिनको जन्म राजनीतिक आन्दोलनकै ध्येयले भएको देखिन्छ । जयतु संस्कृतम् होस् वा ०३६ सालको विद्यार्थी आन्दोलन, त्यस पछाडिको उद्देश्य निरंकुशता विरुद्धको राजनीतिक स्वतन्त्रता प्राप्ति भएको थियो ।
हरेक लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा युवा, विद्यार्थी तैनाथ भएको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन तर, आजको सन्दर्भ फेरिएको छ । समयसँगै समाजका सन्दर्भ र आयाम फेरिएका छन् । समाजका सोच, जीवनशैली, आवश्यकता यावत कुरामा बदलाव आइरहेको छ । फेरिएको यो अवस्थामा विद्यार्थी राजनीतिले कुन दिशा लिने ? केमा आफूलाई सीमित वा विस्तार गर्ने ? प्रस्ट हुन सकेको छैन अझै पनि हरेक बिद्यार्थी लिडर सँग याे प्रश्नको जवाफ सायद छैन हाेला ।
अहिले एकतर्फ बाट हेर्ने हाे भने स्ववियु निर्वाचन भनेको एउटा सिडिकाे अगाडि बढ्ने यसलाई मिनि पालियामेन्ट
पनि भनिन्छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापाको राजनीतिक जीवन विद्यार्थी आन्दोलनबाटै शुरु हुन्छ ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालदेखि सचिव योगेश भट्टराई र संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारी हुन् या माओवादीका थुप्रै नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थी आन्दोलन नै हो । यही आधारमा विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनलाई नेता जन्माउने ‘कारखाना’ मानिन्छ ।
तर, नेपाली राजनीतिको इतिहास पल्टाएर हेर्ने हाे भने देशमा भएका प्रायःसबै राजनीतिक परिवर्तनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भुमिका रहेको पाइन्छ । राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे ०६२-६३ को जनआन्दोलनमा नै किन नहोस् हरेक ठाउँमा विद्यार्थी संगठनहरूको महत्वपूर्ण योगदान रहेको छ ।
तर, पछिल्लो समय विद्यार्थी संगठनहरूको आ–आफ्नो स्वार्थ र अडानका कारण लामो समयदेखि विद्यार्थीको हकहित र अधिकार प्राप्तिको साझा मञ्चको रुपमा स्थापित स्ववियु निष्कृय जस्तै बन्न पुगेको छ । साथै सिंगो विद्यार्थी आन्दोलनलाई नै प्रभावहीन र निस्क्रिय बनाइरहेको छ ।
विश्वविद्यालय तथा क्याम्पसहरुमा भ्रष्टाचार मौलाइरहेको छ नामकाे मात्र बिश्व बिद्यालय छ न त समयमा परीक्षा हुन्छ न त पढ्नकाे लागि बिद्यालयमा पुस्तक नै उपलब्ध हुन्छ । पुस्तकालय मा गयाे भने बाबाआमाकाे जमानाकाे धमिराले खाएको किताब भेटिन्छ । पटक पटक स्ववियु निर्वाचन जितेका संगठनहरूले आजसम्म बिद्यालयमा आएर केही समस्या छ त भनेर साेधेकाे रेकर्ड छैनन् ।
विद्यार्थी संगठन नाम राखेका तर वास्तविक विद्यार्थीको हितमा सिन्को पनि भाँचेका छैनन् । अब निर्वाचन आउँछ तब हाम्रो र उसको भन्दा बिद्यार्थी खाेज्न आउने फकाउने प्रबृत्ति एकदम बढेको छ । सँगसँगै ४०-४५ बर्षसम्म बिरालोले मुसा ढुकेझैँ स्ववियु ढुकेर बस्ने, एउटै निर्वाचनमा बाबु एउटा क्याम्पसबाट र छोरो अर्को क्याम्पसबाट चुनाव लड्ने अनि वास्तविक विद्यार्थीहरू सधै छाँयामा पर्ने गरेको तितो यथार्थ हाम्रोसामु थियो ।
तर,उमेर हदबन्दीले त्यस समस्यालाई समाप्त पारेको छ । चुनाव लड्ने र त्यसबाट नियमित र वास्तविक विद्यार्थीहरू सधैं ओझेलमा पर्ने परिपाटीको अन्त्य गरिएको थियो । चैत पाँच भनेपछि आशाकाे सानाे किरण पलाएको छ । अब पनि धमिराले खाएको पुस्तक पढ्ने दिन अन्त्य हाेला कि एउटै कक्षामा २/२ बर्ष पढ्नु पर्दैन् । परीक्षा समयमा हुन्छ कि ?भन्ने धेरै आशाका किरण सहित नियमित र वास्तविक विद्यार्थीहरुको बिचबाट सबल, सक्षम, कुशल र योग्य व्यक्ति निर्वाचित गरी सही र वास्तविक विद्यार्थीलाई नेतृत्वमा ल्याउनका लागि पनि उमेर हदबन्दी एउटा उपयुक्त र प्रभावकारी माध्यम हो ।
स्ववियुमा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक प्रणाली भएन भने जोस र जाँगर हराइसकेको निराशाले भरिपूर्ण व्यक्तिहरूले अवसरको फाइदा लिनेछन् । जो देखावटी भर्ना भएका हुन्छन् विद्यार्थीमाझ कहिल्यै पुगेका हुदैनन् उनिहरुका लागि गार्हो हुन्छ जस्तो लाग्छ । विद्यार्थीहरुको चाहना र आवश्यकता के हो ? भन्ने नबुझेका व्यक्ति नेतृत्वमा पुग्ने र नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरू नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन यसमा दिनुहुँदैन भन्ने बिश्वास छ ।
चुनाव भनेको एउटा परीक्षा हो जसमा पास फेल भन्दा नि हार जित हुने भन्नू मात्र हाे तर पास हुनेले म पास भई भनेर फेल हुने सम्म सहकार्य गर्न छाेड्नु हुदैनन् । सहकार्य, सहमति त राजनीतिक संस्कार नै हाे नि हाम्रो त्यसको साथै चुनावमा हारजित हुनु स्वभाविक छ । त्यो भन्दा महत्वपूर्ण कुरा एउटा प्रणालीको सुरुवात गर्नु हो सिक्दै जानू हाे । सिकाईकाे क्रममा कहिले पछाडि त कहिले अगाडि अबस्य भईन्छ ।
असफलता नै सफलता काे पहिलो सिडि हाे भन्ने बिश्वासका साथ अनियमितता र भ्रष्टचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौं पैसा खर्च गरेर पदका लागि नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने, चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ ।
त्यसका लागि सम्पूर्ण बिद्यार्थी एक भएर असल नेतृत्व ल्याउन आवस्यकता छ । जसमा नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकारेेर हामी अबकाे नेतृत्व शिथिल बनाउने हाेईन बलियो बनाउने नेतृत्व लाई ल्याउछाैँ भनी निदाउदै हराउँदै गएको बिद्यार्थी आन्दोलन लाई पुन: एकपटक जागरुक बनाई पुनर्जीवन दिने प्रयास गर्छाैँ ।
किनकि प्रयास गर्दा एक पटक फेल हाेला तर पटकपटक हामी फेल हुदैनाैँ । विद्यार्थी संगठनहरुको लागि यो एउटा राम्रो अवसर पनि हो । यसलाई हामीले सदुपयोग गर्न सकेनौं र यसकाे दुरुपयोग भयाे भने हामीले ठुलो मुल्य चुकाउनु पर्छ । त्यस कारण सहि तरिकाले असल नेतृत्व लाई ल्याऔं ।
- लेखक स्वस्तिका बख्रेल सिन्धुली बहुमुखी क्याम्पसमा
स्नातक तह पहिलो बर्ष मानबिकी संकायमा अध्यनरत बिद्यार्थी हुन ।